कोरोनालाई चिठि: नेपालमा तिमिलाई जित्नेहरू बढ्दैछन्
शुरेस पौडेल
प्रिय कोरोना । तिमिलाइ त बिर्सिएर बाँच्न सकिदैन होला। जतिबेला पनि तिम्रै पिरले सताउँछ।बिर्सनु पनि कसरी ? बिहान उठ्दा बित्तिकै तिम्रै नाम सुनिन्छ,खाना खाने बेलामा तिम्रै नाम सुनिन्छ बेलुका सुत्ने बेलामा तिम्रै नाम सुनिन्छ । तिम्रो चर्चा आजकल धेरै चलेको छ।
सहरको गल्लि गल्ली हुँदै गाउँको कुना काप्चा र भैंसीको गोठमा पनि पुगिसकेको छ। तिमि कति असल छौ है ।धनी र गरिब देश भन्दिनौ,सानो र ठुलो जात भन्दिनौ,मन्त्री र मजदुर लाइ पनि बराबर माया गर्छेौ।
तिमिलाइ नै उपचार गर्दा उपचार गर्नी मान्छेलाई पनि झन धेरैले माया गर्छौ। तिम्रो बारेमा बिहान बेलुका समाचार बनाएर अरुलाइ जानकारी दिने पत्रकारलाई पनि माया गरेकै छौ।
तिमि सबैलाइ बेला बेला मा साबुनपानीले मिचिमिची हात धुने बनायौ। भिडभाड मा जाँदा मास्कको प्रयोग गर्न सिकायौ।सेनिटाइजर को प्रयोग गर्न सिकायौ अँझ भन्दा घरमै बसेर समयको बचत गर्न पनि।
तिमि कति महान छौ है दिन भरी लखर लखर डुलि घरको काम नगर्नेलाइ घरमै बसेर काम गर्न सिकायौ।तिमिले भनेको सबैले मान्छन प्रदेश सभाका सांसदहरू हरु महंगा गाडी चढन छोडिदिए,प्रदेशका मुख्यमन्त्री को सुरक्षाको रुपमा खटिएका प्रहरी तिम्रो सुरक्षाको लागी खटिएका छन।
गाउँमा बिरामी पर्दा अस्पताल हुदैनथ्यो तिमि ले धेरै मानिसलाइ माया गर्न थालेपछि गाउँमै ५० -६० सैयाको ७० लाख खर्च गरेर अस्पताल निर्माण गरिदैछ।अँझ तिमिले धेरै मानिसाइ माया गर्ने थाहा पायर अर्थमन्त्री ले तिम्रै नाम मा धेरै बजेट छुट्टाउनु भाको छ।
तिमि त कति भाग्यमानी रैछौ। मानिस हरु आफु बसेको जिल्ला पनि घुमेका हुदैनन् । तिमि त विश्वका २१३ वटा देशमा घुमिसकेकी छौ। चिनको वुहान बाट तिम्रो यात्रा सुरु भयको थियो यात्रा सुरु हुने बेलामा तिम्रो नाम नेपाल लगायत धेरै देशमा चर्चा चल्यो । त्यहाँ पनि तिमिले धेरै मानिसलाइ माया गरेर गयकि थियौ र तीन हजार भन्दा बढि मानिसलाइ त धेरै माया भएर होला तिमि बाट सदाको लागि छुट्टिए ।अहिले अमेरिकामा पनि तिम्रो चर्चा निकै चलेको छ करिब १७ लाखलाइ त माया जालमा पारिसकेको छौ रे । १ लाख भन्दा धेरै त तिम्रो माया धेरै भएर होला बाँच्नै सकेनन् । तेस्तो सुन्दात कता कता मालाइ पनि डर लाग्न थालेको छ कतै तिम्रो मायाँ जाल मा म पनि पर्छु कि भन्दै ।
हाम्रो देश नेपाल पनि दोस्रो अमेरिका हुन बेर छैन दिनहु २ सयभन्दा धेरै तिम्रो माया जालमा परेका छन् । आजसम्म करिब ३ हजार जना तिम्रो मोहनी मा परेका छन ।
तिम्रो जालमा फसेको हुनसक्ने आसंकाले एक लाख एकसट्ठी हजार दुइ सय बैसठ्ठी जना क्वारेन्टाइन मा बसेका छ्न ।तिम्रो मायामा पागल नै भयर दुइ हजार दुइ सय चौँतिस जना आइसोलेसनमा बसेका छन् । तिमि संग झगडा गरेर दुई सय तेत्तीस जना घर फर्किसकेका छन भने तिमिसंग बिछोडिएर एघार जना त स्वर्गमा दुनियामा गइसके ।अरु देशमा त तिम्रो माया पचाउन नसकेर मर्थे हाम्रो देशमा पनि तिमिले अचम्मै गर्यौ ।
हामिले भनेको त नेपाल सरकारले पनि सुनेको थिएन ।तिमिले त भन्दा बित्तिकै बिदेश मा अलपत्र परेका नेपालिलाइ पनि फिर्ता ल्याउन लागेको छ। अब तिनिलाइ त तिमिले माया नगर्ने दुईमतै छैन । भारत मा रहेका लाखौं नेपाली लाइ उद्दार गर्यौ र सबैलाइ माया जालमा पार्न थालेकी छौ ।सहर बजार पनि सुनसान छ।बरु गाउँघर तिर बडि हल्ला चलेको छ तिम्रो बारेमा । हुनत सहर का मान्छे गाउँ फर्केर होला । हामिले तिमिलाइ के भनौ, कसरी गाली गरौ कसरी रिसाउँ।तिमिलाइ माया नगर्दा पनि जबर्जस्ति एकोहोरो माया गर्छेउ। घर बाट बाहिर ननिस्कने बनायौ काम गरि खाने मजदुर लाइ भोकभोकै बस्नी बनायौ ।दुब्लो पातलो मान्छे चाही मोटायर हात्ती बन्नी भयो बसि बसि खाँदा तिम्रो कारणले ।
तिमि नेपाल मा आएर केहि राम्रो गरेकी छौ ।बाझिएको जमिन खेतीयोग्य हुने भयो ।सबैले कृषि क्रान्ति बनाउन थाले ।नेपाल कृषिप्रधान देश भयर पनि खाद्यान्न बाहिर बाट खरिद गर्नुपर्थ्यो ।अहिले सबैले बाझो जमिनमा खेती गर्न थालेका छन ।तिमिले गर्दा मैले केहि नयाँ कुरा सिकेको छु।सदै केहि नगरी डुलेर खान्थे ।घरमा कहिलै बस्दैनथे ।पढ्न मन लाग्दैनथ्यो ।तिमि आएपछि त म घरमै बस्न थालेको छु।कथा ,गजल,मुक्तक रचना गर्न थालेको छु।अनि सामाजिक संजाल मा पनि भाइरल भाको छु।लके गर्नी तिमिले बाहिर निस्कीन दिदिनौ अतिनै आवश्यक काम बाहेक अघिपछि घरमै बस्नु पर्छ ।