२०८१, १ चैत्र शनिबार

कर्णालीमा ४८९ पुगे कोरोना संक्रमित, २ को मृत्युु, ८ जिल्लामा पुग्यो

 

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या चार सय ८९ पुगेको छ । विहिवार सुर्खेतको पञ्चपुरी नगरपालिकाका क्वारेन्टाइनबाट घर फर्किदा मृत्यु भएका युवकसहित कर्णालीमा थप १ सय जनामा पुष्टि भएको समाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ । विहिबारसम्म कर्णालीमा ३ सय ८९ जना संक्रमित फेला परेका थिए ।

शुक्रबार प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा जुम्ला र पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पीसीआर परीक्षण गर्दा दैलेख, सुर्खेत, जुम्ला, हुम्ला, जाजरकोट, दोलखा, रामेछाप र गोरखाका १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । जसमा विहिवार मृत्युु भएका पञ्चपुरी १ सुर्खेतका १८ वर्षका युवामा पनि कोरोना पोजेटिभ देखिएको उनले बताए ।

योसंगै कर्णाली प्रदेशमा कोरोना १० जिल्लामध्ये ८ जिल्लामा फैलिएको छ । अब कोरोना संक्रमणबाट डोल्पा र रूकुमपश्चिम मात्रै अछुतो रहेका छन् ।
विहिबारसम्म कर्णालीका ६ जिल्लामा संक्रमित भेटिएका थिए । शुक्रबार जाजरकोट र हुम्लामा पनि कोरोना संक्रमित ,फेला परेका छन् । कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालिकोट, जुम्ला, हुम्ला, जाजरकोट र मुगु जिल्लामा कोरोना संक्रमण पुगेको हो ।

भने कोरोना संक्रमणबाट कर्णालीमा २ जनाको मृत्यु भइसकेको छ । दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय युवक र सुर्खेतको पञ्चपुरीका १८ वर्षिय युवकको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।