थप एक सय जनामा कोरोना पुष्टि, हुम्ला र जाजरकोटमा पनि कोरोना पुष्टि
सुर्खेत, २३ जेठ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमणमा दैनिक रुपमा तीव्र बढोत्तरी भइरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना हुम्लामा पनि पुगेको छ । हुम्लाको चंखेली गाउँपालिका वडा नं. तीनका ५८ वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको हो । कोरोना जाजरकोटमा पनि पुगेको छ । जाजरकोटको भेरी नगरपालिका वडा नं. १० का १९ वर्षीया युवामा कोरोना देखिएको हो । कर्णालीमा ४८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।