२०८१, २८ फाल्गुन बुधबार

अखिल सुर्खेतले ग¥यो वृक्षारोपण

सुर्खेत, २३ जेठ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि सुर्खेत र मध्यपश्चिमाञ्चल विश्वविद्यालय कमिटिले वीरेन्द्र्नगरको कुइनेपानीमा शुक्रबार वृक्षारोपण गरेको छ । विश्व वातावरण दिबसको अवसर पारेर विश्वविद्यालय परिसरमा वृक्षारोपण कार्य गरिएको अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र शाहीले बताए । स्वच्छ वातावरण निर्माण गर्न रुख विरुवाको महत्वपूर्ण भुमिका हुने हुँदा वृक्षारोपण गरिएको उनको भनाई थियो । अनेरास्ववियू केन्द्रिय सदस्य प्रेम खडका, अनुशासन आयोग केन्द्रिय सदस्य चक्र शाही, अमर शाही, निकुञ्ज पाण्डे, धर्मराज न्यौपाने, सरोज न्यौपाने, पदम सुवर्णकार, आशिष रेग्मी, लक्ष्मी विसी, मिलन बिसि, झकास रिजाज, मनिष चन्दलगायतको उपस्थिति रहेको थियो ।