सरकारको बजेटमा कर्णालीका यस्ता छन् प्राथमिकता
सुर्खेत । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहिवार संघिय संसदको सयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा कर्णालीमा खाद्यान्नमा प्राथमिकता दिइएको छ । कोभिड लगायत संक्रामक रोग नियन्त्रण सहित स्वास्थ्यलाई पहिलो प्राथमिकता तथा कृषि उत्पादन, खाद्य आपूर्ति, रोजगारीमा केन्द्रित आगामी आर्थिक वर्षको बजेटले कर्णाली प्रदेशलाई महत्वका साथ सम्बोधन गरेको छ ।
बजेटमा समेटेका कर्णाली प्रदेशका केही योजनाहरुको सुचि हेर्नुहोस् ।
– कर्णाली कोरिडोर निर्माण
-भेरी कोरिडोर निर्माण
-सुर्खेत कोहलपुर सडक चार लेन
-राप्ती राजमार्ग स्तरोन्नति
-सुर्खेत जुम्ला राजमार्ग स्तरोन्नति, * नाग्मा गमगढी रारा सडक निर्माण
-हुम्ला सदरमुकाम सडक पुर्याउने
– सुर्खेत प्रादेशिक विमानस्थल स्तरोन्नति
-प्रदेश राजधानी वीरेन्द्रनगर खानेपानी
– सरुवा रोग अस्पताल योजना
-भेरी बबई बहु उद्धेश्यीय परियोजना
-सुर्खेतका बाढी पीडितका पुनर्स्थापना
– फुकोट, जगदुल्ला र नलगाड विद्युत आयोजना
-कर्णाली भेरी लिफ्ट खानेपानी
-कर्णाली नदी तथा जलाधार संरक्षण
-जडीबुटी उत्पादन तथा प्रशोधन विशेष कार्यक्रम
-सुर्खेतमा बहुमूल्य पत्थर उत्खनन उद्योग
-रारा ताल क्षेत्र दीर्घकालीन विकास योजना
-एक प्रदेश एक पर्यटकिय गन्तब्य
-कर्णाली बाल संरक्षण कार्यक्रम
-उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना
-हुम्ला यारी नाका व्यवस्थापन
-विधि विज्ञान प्रयोगशाला स्थापना