२०८१, ४ जेष्ठ शुक्रबार

सुर्खेत पुर्‍याइए कर्णालीका पहिलो संक्रमित

सुर्खेत । कर्णालीको पहिलो कोरोना संक्रमितलाई सुर्खेत ल्याइएको छ । उनलाई कालागाउँस्थित प्रदेश अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ ।

प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले उनलाई विशेष अस्पतालको आइसोलेसनमा राखिएको बताए ।

दैलेखको आठबीस नगरपालिका १ का ३५ वर्षीय ती व्यक्तिमा सोमबार संक्रमण पुष्टि भएको थियो । उनलाई दैलेख सदरमुकामस्थित सरस्वती माविमा राखिएको थियो ।

सम्बन्धित समाचार