लकडाउनमा पनि रोकिएन सुर्खेतमा काठ चोरी, पाँच जना पक्राउ
सुर्खेत । लकडाउन शुरु भएयता मात्रै सुर्खेत जिल्लाभरबाट साल जातको चिरान तथा गोलिया गरि करिब ७०० क्यूफि भन्दा बढि चोरीका काठ बरामद भएका छन् । काठ चोरीमा संलग्न पाँच जनालाइ पक्राउ गरि मुद्धा चलाइएको छ ।
डिभिजन वन कार्याल सुर्खेतले लकडाउन शुरु भएदेखि जेठ पाँच गतेसम्म संचालन गरेको सक्रिय वन गतिविधिअन्तर्गत २५ क्यू।फि। काठको बिगो सहित वनमा आरा चलाइरहेको अवस्थामा वनबाटै पक्राउ गरि दुई जनालाइ मुद्धा दायरीको लागी अनुसंधान चलिरहेको हो ।
लकडाउनको अवधिमा पक्राउ परेका काठको मात्र बजार मूल्य जोड्ने हो भने पनि २८ देखि ३० लाख मूल्यको देखिएको कार्यालयले जनाएको छ । बेवारिसे फेला परेका काठहरुको हकमा अनुसंधान अधिकृत तोकी मुद्धाको अनुसंधान भैरहेको वन कार्यालयले जारी गरेको उक्त गतिविधिको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लाभर लकडाउनको अवधिमा १ वटा मृग र ३ वटा जरायो मृत अवस्थामा फेला परेका छन् । १ वटा रतुवा र १ वटा मृग सुरक्षित बासस्थानमा छाडिएका डिभिजिन वन कार्यालय सुर्खेतले जनाएको छ ।
लकडाउनको अवधिमा जिल्लाका विभिन्न भागमा वनक्षेत्र अतिक्रमण गरि बनाइएका ३ वटा घर टहराहरु वनगस्तिले हटाइ घटनास्थलमै सामान्य कारबाही सहित अतिक्रमणकारीहरुलाइ सम्झाइबुझाइ छाडिदिएको छ । खेतिका लागी खनजोत गरिएका करिब २५÷३० रोपनी वनक्षेत्रमा लगाइएका बाली हटाइ पुन वनक्षेत्र कायम गरिएको छ ।
डिभिजन वन कार्यालय सुर्खेतले लकडाउन अवधिमा सकृय वन संरक्षण गतिविधि संचालन गरेको छ । लकडाउनको अवधिमा वनक्षेत्रमा बढ्दै गएको अवैध कृयाकलाप नियन्त्रण गरि बिषम परिस्थितिमा पनि वनको संरक्षण गर्न गतिविधि संचालन गरिएको हो ।
डिभिजन वन कार्यालय सुर्खेतका अनुसार काठ दाउरा चोरी निकाशी नियन्त्रण, वन अतिक्रमण नियन्त्रण, वन्यजन्तु चोरी शिकारी नियन्त्रण, वन बाहिर निस्केका वन्यजन्तुहरुको उद्धार, आगलागी नियन्त्रण र वन संरक्षण प्रति जनचेतना अभिवृद्धि गर्नका लागि दउक्त गतिविधि संचालन गरिएको थियो ।
सामुदायिक वन उपभोक्ता समूह तथा सर्वसाधारणलाइ लकडाउन अवधि भर वन पैदावार संकलनको उद्येश्यले वन प्रवेश नगर्न नगराउन जिल्लाका विभिन्न एफ एम रेडियोहरुबाट सूचना सम्प्रेषण गरिएको छ । सामुदायिक वन संरक्षणका लागि वन उपभोत्ता समुहहरुलाई परिचालन, वन संरक्षणको लागि वन कार्यालयको सवारी पास लिइएको वन कार्यालयले जनाएको छ ।
