२०८३, १७ असार बुधबार

दैलेखमा देखियो कर्णालीकै पहिलो कोरोना संक्रमण, आइसोलेसनकालागि दैलेख ल्याईदै

सुर्खेत, ५ जेठ ।
नेपालमा कोरोना भाइरस ९कोभिड १९ ० संक्रमणको करिव ४ महिनापछि कणालीमा संक्रमणको पहिलो केश फेला परेको छ ।
दैलेख आठबिस नगरपालिकाको क्वारेनटाइनमा रहेका ३५ वर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले ले जानकारी दिईन ।
क्वारेन्टाइनमा रहेकाको स्वाब सुर्खेतमा परीक्षण गर्दा पोजेटिभ नतिजा आएपछि पुनः परीक्षणको लागी नेपालगंजस्थित भेरी अस्पतालमा सोमबार पठाइएको थियो । नेपालगंजमा गरिएको परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनलाई कोरोना संक्रमण पुष्टी भएको डाक्टर खड्काले बताए । संक्रमित युवा लकडाउनको अवधिमा ३५ दिनअघि भारतको आग्रावाट आएका थिए ।

क्वारेन्टाइनमा रहेका उनलाई उपचारको लागी दैलेख अस्पताल ल्याउने तयारी भइरहेको छ ।