सुर्खेतका पत्रकार, स्वास्थ्यकर्मीको स्वाव जाँच, रिर्पोट नेगेटिभ
सुर्खेत, १ जेठ ।
विश्वलाई नै त्राहिमाम बनाएको कोरोना कोभिड १९ संक्रमण भए नभएको पत्ता लगाउनकालागि सुर्खेतका पत्रकार, स्वास्थ्यकर्मी र अन्य नागरिकको रिर्पोट नेगेटिभ आएको छ । विहीबार संकलन गरिएको ४३ जना पत्रकारसहित २१० जनाको सवाव जाँच गर्दा रिर्पोट सबैको नेगेटिभ आएको प्रदेश अस्पताल प्रयोगशाला प्रमूख ओम आचार्यले जानकारी दिए । ‘हामीसँग आएको सबै २१० वटा नमूना जाँच सकिएको छ । सबैको रिर्पोट नेगेटिभ नै आएको छ ।’ उनले भने ।
यता, स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले कार्यालय परिसरमा संकलन गरिएका ४३ जना पत्रकारहरुमा कोरोना संक्रमण नभेटिएको बताए । ‘बुधबार संकलन गरिएको स्वावमा कोरोना संक्रमति देखिएन ।’ उनले भने, ‘यसकालागि सबैलाई बधाई छ ।’
