२०८३, १७ असार बुधबार

सिम्तामा पेस्तोल लिई फरार जवान कञ्चटमा गोली लागेको अवस्थामा शंकास्पद रुपमा फेला

सुर्खेत, ३० बैशाख ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी चौकी आग्रीगाउँमा कार्यरत जवान नरेन्द्र खड्का कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी चौकी नजिकैको जंगलमा फेला परेका छन् । सोमबार राती ड्यूटीमा रहेका प्रहरी जवान खड्का हतियारसहित फरार भएका थिए । सुर्खेतको चिंगाड गाउँपालिका तत्कालिन रानीवास गाउँ विकास समिति वडा नं. पाँच घर भएका उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । एक थान पेस्तोल र सात राउण्ड गोलीसहित भागेका प्रहरी जवान प्रहरी चौकी माथितिर रहेको जंगलमा कञ्चटमा गोली लागेको अवस्थामा फेला परेको कर्णाली प्रहरी प्रदेश प्रमुख डिआइजी वसन्त कुमार पन्तले जानकारी दिए । घटनापश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरिक्षक दिल्लीराज पन्त, प्रहरी अनुसन्धान अधिकृत भरत शाहसहितको टोली घटनास्थलतर्फ लागेको प्रदेश प्रहरी कार्यालय श्रोतले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी चौकी सिम्ता गाउँपालिका वडा नं. तीनमा पर्दछ ।