२०८३, १८ असार बिहीबार

स्थानीय स्वास्थ्यकर्मीले आरडिटी जाँच्दा कोरोना पोजेटिभ, ल्यावसहितको टोलि पुर्नजाँच गर्न क्वारेन्टाईनमा पुग्दै

सुर्खेत, २६ बैशाख ।
डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ८ मा रहेको कस्तुरी आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेका एक व्यक्तिमा स्थानीय स्वास्थ्यकर्मीले ¥यापिड डाइग्नोस्टिक टेस्ट आरडिटी गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार अहिले ल्यावसहितको एक टोली आरडिटी जाँचको लागि त्यहाँ पठाइएको बताए । ‘क्वारेन्टाईनमा रहेका ति व्यक्तिमाथि शंकालागेर स्थानीय स्टाफ नर्सले आरडिटी जाँच गर्नु भएको थियो ।’ प्रजिअ सुनारले लोकान्तरलाई भने, ‘अहिले हामीले ल्याव टेक्निसियन सहित पुर्नजाँचको लागि त्यहाँ स्वास्थ्यकर्मी पठाएका छौं । उहाँ नेपालगञ्जदेखि आएका व्यक्ति भएको बुझिएको छ । यहाँबाट गएको टिमले जाँच गरेपछि मात्रै भन्न सकिन्छ । त्यहाँ अहिले नेपालका विभिन्न जिल्लबाट आएका ३२ जना क्वारेन्टाईनमा बसिरहेका छन् ।’ उनले केहि समयमा यहाँबाट गएको टोलीले जाँच गर्दा पुनः देखियो भने मात्रै भोली प्रदेश राजधानी वीरेन्द्रनगरमा पीसिआर जाँचका लागि स्वाव संकलन हुने बताए । सामाजिक सञ्जालमा कसले के लेख्छ भन्ने तिर ध्यान दिइ त्रसित नहुन उनले सबैलाई आग्रह गरे ।