२०८३, १७ असार बुधबार

लकडाउनकै बेला सुर्खेतमा विप्लव समुहका केन्द्रीय सदस्य पक्राउ

सुर्खेत, १८ बैशाख ।
देशभर लकडाउन जारी भएको समयमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका वैकल्पिक केन्द्रीय सदस्य सुर्खेतमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले बिहिवार बिहान विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य बालाराम सुनारलाई पक्राउ गरेको हो ।
बिहान ८ बजे वीरेन्द्रनगर–४ स्थित कुमाई चोकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । उनका अनुसार सुनार पूर्व सुर्खेत जिल्ला ईञ्चार्ज हुन् भने हाल वैकल्पिक केन्द्रीय सदस्यका रुपमा कार्यरत छन् ।