व्यवसायी खड्काद्वारा ट्राफिक प्रहरीलाई सहयोग
सुर्खेत । सुर्खेतस्थित कोकाकोला डिलरका प्रमुख तथा व्यवसायी रामबहादुर खड्काले जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतलाई विभिन्न सामाग्री हस्तान्तरण गरेका छन् । बुधबार वीरेन्द्रनगरमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा उनले पानी, कोकाकोला लगायत हस्तान्तरण गरेका हुन् ।
उनले कोरोना भाइरसको महामारीको विपद्को समयमा खटेर काम गर्ने सुरक्षाकर्मीलाई धन्यवाद दिदै उनिहरूलाइ ५० पेटी मिनरल वाटर र कोकाकोला हस्तान्तरण गरिएको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह शाहले आफुहरूले खटेर काम गरिरहेका समयमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।







