दोश्रो चरणको राहत बाँडदै वीरेन्द्रनगर, मजदुर र बेखर्चीकालागि १०१ डायल गर्न आग्रह
सुर्खेत, ८ बैशाख ।
प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले दोश्रो चरणको राहत वितरण गर्ने कायृ शुभारम्भ गरेको छ । ‘लकडाउनबाट प्रभावित अति विपन्न एवंम मजदुर र बेखर्चीका लागि आजैका मितिबाट दोस्रो चरणको विशेष राहतको व्यवस्था मिलाइएको हुँदा यस्ता व्यक्तिहरुले नगरपालिकाको आपतकालिन केन्द्रको सम्पर्क नं १०१ मा सम्पर्क गरी आफ्नो नाम ठेगाना टिपाउन सरोकारवाला सम्पूर्णमा अनुरोध गरेका छौं ।’ कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले भनिन्, ‘यसरी राहतका लागि नाम टिपाएका व्यक्तिहरुको घरदैलोसम्मवडा कार्यालयको समन्वयमा पुगी नगर कार्यपालिकाको कार्यालयका कर्मचारीहरुको निरीक्षण टोलीले दिएको प्रतिवेदनका आधारमा एकीकृत केन्द्र (नगर कार्यपालिकाको कार्यालय) बाट राहत वितरण गरिनेछ ।’ उनले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संम्भावित संक्रमणबाट नगरबासीलाई जोगाउन नगरपालिकाको सम्पूर्ण साधन स्रोतको परिचालन गर्न कुनै कसर बाँकी नराखेको बताईन ।

‘संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गर्दै यस नगरपालिकाले वीरेन्द्रनगरमा रहेका अति विपन्न, मजदुरी गरी खाने र विद्यार्थीहरुका लागि पहिलो चरणमा करिब १५ हजार परिवारलाइ राहत वितरण, कोरोना भाइरसको संक्रमण जोखिम न्यूनिकरणका लागि उपत्यकाका वडाहरुमा औषधि छर्ने, लकडाउनलाइ व्यवस्थित र प्रभावकारी बनाउनजनचेतना जगाउने लगायतका विभिन्न गतिविधिहरु अगाडी बढाएको सबैमा अवगत गराइन्छ ।’ उनले भनिन् ।
लकडाउनलाइ प्रभावकारी बनाउन वीरेन्द्रनगरभित्र अन्यन्त्रबाट आएका व्यक्तिहरुलाइ यस नगरपालिकाले सहयोग एवंम उद्धार गरी गन्तव्य स्थलसम्म पुग्न सहयोग गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । ‘वीरेन्द्रनगरमै बसोबास गर्ने तर बाह्य जिल्लाबाट लकडाउनको समयमा वीरेन्द्रनगरमा प्रवेश गरेका व्यक्तिहरुका लागि आश्रयस्थल एवंम पूर्वसावधानीगृह समेत नगरपालिकाले स्थापना गरी मिति २०७७ बैशाख ७ देखि सन्चालनमा ल्याएको छ ।’ उनले भने, ‘बैशाख ७ गते जुम्ला जिल्लाका ८ जनालाइ खाने बस्ने व्यवस्था गरी गन्तव्य स्थल पठाइएको र बबइमा अलपत्र परेका ११ जनाको उद्धार पश्चात खाने बस्ने व्यवस्था गरी पन्चपुरी नगरपालिकाका ४ जनालाइ समन्वय गरी पठाइएको र बाँकी ७ जनालाइ बालमन्दिर प्राविमा रहेको सावधानी गृहमा राखिएको छ ।’ वीरेन्द्रनगर नगरपालिकाका स्थायी बासिन्दाहरु लकडाउनका कारण अन्यत्र कतै अलपत्र परेको भएमा उद्धारका लागि आफन्त वा एकाघरका परिवारले नगरपालिकामासम्पर्क गरी जानकारी गराउनुहुन अनुरोध गरिएको उनको भनाई छ ।
