२०८१, २० बैशाख बिहीबार

अनेरास्ववियु सुर्खेतद्धारा रक्तदान कार्यक्रम सम्पन्न

सुर्खेत, २८ चैत ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुर्खेतले शुक्रबार मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पसमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान दिएका हुन् ।
रक्तदान गर्नेहरुमा धुपेन्द्र बहादुर शाही, किरण तिवारी, निर्मल अधिकारी, सन्तोष थापा, भरत रेग्मी, प्रभात पोख्रेल, हेमन्त चपाइ, बिबेक भण्डारी, धन बहादुर घर्ती, जयराज संज्याल, रामप्रसाद संज्याल, कमल रेग्मी, टेकेन्द्र शाही, मीनराज शाही, खम्बबहादुर शाही, मनिश चन्द, प्रताप कुमार खत्री, थमनबहादुर डाङ्गी, राजन शाही, प्रकाश रिजाल, दुपेन्द्र खड्का, धर्मराज शाही, इन्द्रजित सुनार, गोपाल शाही, हिक्मत थापा, सुरेश सुनार, मिलन बुढा, पुर्ण रावत, सुरेन्द्र बुढाथोकी, हिमाल थापा, यज्ञ बिक्रम मल्ल, कमल अधिकारी, मनोज कुमार शाही, पदम सुबर्णकार, कमल सिजापती, बेद प्रकाश ढकाल, खेमराज रावत, सागर अर्याल, निकुञ्ज पान्डे र आशिष कुमार रेग्मीले रक्तदान गरेका हुन ।
‘सुर्खेतमा लकडाउनको समयमा रगत कम भएको खबर हामीसँग आएको थियो ।’ अखिलका सुर्खेत संयोजक धुपेन्द्रबहादुर शाहीले भने, ‘त्यसैका आधारमा हामीले रक्तदान कार्यक्रमको आयोजना गरेका थियौं ।’