२०८१, ७ बैशाख शुक्रबार

असिम अटोद्धारा टोलवासीलाई राहत वितरण

सुर्खेत, २८ चैत ।
बजाजको असिम अटो पार्टसले वीरेन्द्रनगर वडा नम्बर तीनको नयाँ टोलका ६६ घरपरिवारलाई चामल, दाल नुन र तेल वितरण गरेको छ । नगरपालिकाको अनुमति लिई टोलवासीलाई राहत वितरण गरेको वडा नं ३ का अध्यक्ष भुपेन्द्र खत्रीले बताए । ‘हामीले अहिले एकद्धार नीतिबाट मात्रै राहत बाँडिरहेका छौं । सोही आधारमा असिमले हामीलाई राहत बाँडने भनेर सामान जुटाएको थियो ।’ उनले भने, ‘आज ६६ घर धुरीलाई हामीले राहत दिएका छौं । ज्याला मजदुर िगर्ने, कोठा भाडामा बस्ने र अत्यावश्यक परेका नागरिकलाई यो राहत वितरण गरेका हौं ।’
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कंडेलले असिम अटो पार्टसले ६६ वटा घरधुरीलाई राहत बाँडनु स्वागतयोग्य भएको बताए । ‘सरकारको अनुमति लिएर सरकारको निर्णय अनुसार उहाँहरुलाई राहत बाँडिएको हो ।’ उनले भने, ‘७५ हजार बराबरको राहत वितरण भएको छ । कसैको घरमा पनि लकडाउनका कारण चुल्हो बल्न बन्द नहोस भनेर व्यवसायीले यो सहयोग गरेका हुन ।’