२०८३, १७ असार बुधबार

कोरोनाविरुद्ध लड्न सांसद थापाले दिए एक महिनाको पारिश्रमिक, अन्यबाट सहयोग जुटाईदै

शेरबहादुर थापा

सुर्खेत, २२ चैत ।
कर्णाली प्रदेश सभाका प्रदेश सभा सदस्य सुशिल थापाले आफूले पाउने महिनाको पारिश्रमिक कोरोना विरुद्ध लड्न खर्च गर्ने प्रतिबद्धता जनाएका छन् । दैलेख निर्वाचन क्षेत्र नम्बर दुइ को क बाट प्रत्यक्ष निर्वाचित सांसद थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नो एक महिनाको तलब ४० हजार, बुवा झक्कलबहादुर थापा र श्रीमती शुसिला शाहीको १५ हजार गरि जम्मा ५५ हजार रुपैंया दिने घोषणा गरेका हुन । कर्णाली प्रदेश सभामा ४० जना सदस्य रहेकोमा ६ जना सरकारमा मन्त्री रहेकोले उनीहरुको तलब प्रदेश विपद कोषमा जम्मा भइसकेको छ भने अन्य सांसदले सांसद थापाका जसरी निर्वाचन क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छैनन् ।


आफ्नो निर्वाचन क्षेत्रमा कोरोना विरुद्ध लड्न आवश्यक सामाग्री खरिद तथा राहतमा खर्च गर्न उक्त बजेट जम्मा गरिएको सांसद थापाले बताए । ‘मेरो सानो सहयोगले कोरोना विरुद्ध लड्न सहयोग मिल्छ कि भनेर मैले यो घोषणा गरेको हुँ ।’ उनले भने, ‘यसका साथै अन्य समाजसेवी साथीहरुले पनि सहयोग गर्नु भएको छ । आजसम्म एक लाख ५५ हजार जम्मा भएको छ । यो सबै रकम कोरोना विरुद्धको लडाईमा प्रयोग गर्ने हाम्रो योजना छ ।’
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘कोरोना भाइरसले विश्व आतंकित भैरहेको बेलामा दैलेखको दुल्लुभैरवी क्षेत्रमा प्रयोग हुनेगरी मैले पाउने एक महिनाको सेवासुबिधा बापत रकम र यस क्षेत्रका बौद्धिक समाजसेविहरुको केहि आर्थिक सहयोग गरि सिङ्गो महामारीसङ्ग लडनका लागी केहि आर्थिक सहयोग जुटाएका छौं । सहयोग गर्ने उहाँहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु । हुन त यो सानो सहयोगले पुग्ने त पक्कै हैन नपुगेपनि सबै मिलेर थोरै थोरै रकम जम्मा गर्न सके पनि हामी स्वयम् आफैले आफनो ठाउँमा केही गर्न सक्छौ । केहि भएपनी राहत हुन सक्छ । त्यसैले ती मनकारी ब्यक्तित्वहरु ।’ सहयोग गर्नेहरुमा दान बहादुर रावल, रमेश पोखरेल दुल्लु, चन्द्र पोखरेल दुल्लु, प्रेम शाही दुल्लु, जीवन खडका दुल्लु, लक्ष्मी बुढा चामुण्डा विन्द्रासैनी नगरपालिकाले सहयोग गरेका छन् । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले २५ हजार रुपैया जम्मा गरेको सांसद शुसिल थापाले बताए ।