२०८३, १७ असार बुधबार

नेकपा लेकबेसी ९ वडा कमिटले बाँड्यो सेनिटाइजर र माक्स

सुर्खेत, २० चैत ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा लेकबेशी नपा ९, सुर्खेत कमिटिले वडामा सेनिटाईजर, माक्स र ग्लाब्स वितरण गरेको छ । वडा कमिटिका अध्यक्ष राजु पौडेलका अनुसार वडाका विभिन्न स्थानमा युवाहरुकै लगानीमा सेनिटाइजर २५०, मेडिकल मास्क २०० ग्लोब्स दुइ सय जोर वितरण गरिएको हो । विहीबार नगर अध्यक्ष टिकाराम सोमै, नगर कमिटि सदस्य हरि प्रसाद अधिकारी र मानबहादुर खण्डुक, वडा कमिटि सचिव हरिप्रसाद चालीसे, निजामति कर्मचारी संगठन लेकबेशी नपा अध्यक्ष डिलाराम चपाईको सहभागितामा वितरण गरिएको हो । ‘हामीले नागरिकहरु पनि कोरोनाबाट बचुन र उनीहरुले जनचेतना पाउन भन्ने उदेश्यका साथ यो काम गरेका हौं ।’ उनले भने, ‘कोरोनाको जोखिम क मगर्न हामी केहि युवाहरुको आर्थिक सहयोगमा यी सामाग्री खरिद गरेका हौं ।’