२०८१, २४ बैशाख सोमबार

कर्णाली सरकारलाई काँग्रेसको आग्रह, राजनीतिक भाषा नबोल्नुस्, वाचा पुरा गर्नुस

सुर्खेत, १८ चैत ।
नेपाली काँग्रेस कर्णाली प्रदेश सभा संसदीय दलले प्रदेश सरकारलाई राजनीतिक भाषा नबोल्न र गरेका वाचा पुरा गर्न आग्रह गरेको छ । संसदीय दलका नेता एवम पूर्व मन्त्री जीवनबहादुर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा कोरोनाबाट विश्वनै समस्यामा परेको बेला राजनीतिक व्यवहार प्रर्दशन नगरी सबै कर्णालीवासीलाई एकै खालको व्यवहार गर्न काँग्रेसले सुझाव दिएको हो ।
‘यस्तो आपतको घडिमा राजनीतिक आश्वासनको भाषा नबोली, बचन दिएका वाचाहरुलाई यथासिघ्र पुरा गर्न आग्रह गर्दछु । नेपाल सरकारले लिएको लकडाउन नीतिलाइ कडाइका साथ पालना गर्न, गराउन र यस अवधीमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु एवं सेवाको सहज आपूर्ति एवं व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउँदछु ।’ नेता शाहीले भनेका छन्, ‘क्वारेइन्टाइन बनाएर मात्र कोरोना नियन्त्रण नहुने हुदा विदेशबाट आएका नागरिकहरुको लगत संकलन गरि पहुचका आधारमा सुर्खेत स्थित निर्माण भएका क्वारेइन्टाइन र स्थानीय स्तरमा निर्माण भएका क्वाराइन्टाइनमा कडाइका साथ राख्न अनुरोध छ । प्रदेशभरीका स्थानीय स्वास्थ्य केन्द्र, संस्थाहरुमा प्रयाप्त आवश्यक औषधी, उपचार सामाग्री, आइशोलेसन बेड, भेन्टिलेटर लगाएतका उपकरणको तत्कालै व्यवस्था गर्न माग गर्दछु ।’
विज्ञप्तीमा कोरोना महामारी नियन्त्रणमा रातादिन खट्नु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उच्च मनोबल बढाउन, उनीहरुको जीवन रक्षा र स्वास्थ्य सेवाका लागि आवश्यक पि.पि.ई लगाएत चिकित्सा र स्वास्थ्य उपकरण, परिक्षण किट तथा सुरक्षाकर्मीहरुलाइ गुणस्तरीय मास्क, सुरक्षा उपकरणको अबिलम्ब व्यवस्था गर्न, कोरोनालाई सामुहिक प्रयासले मात्र प्ररास्त गर्न सक्ने भएकाले आवश्यक संयन्त्र निर्माण गरी पिडितहरुको राहत, उद्यार एवं प्रकोप रोकथामका कार्यमा स्थानीय तह, नीजि क्षेत्र, संघ संस्थाहरुलाइ परिचालन गर्न आग्रह गरिएको छ ।
‘सुकुम्बासी, डेरावाल, बाढीपिडीत, विद्यार्थी, दैनिक ज्यालामजदुरी गरि जिविकोपार्जन गर्ने र प्रकोपावाट उच्च जोखिममा परेका समुदायलाइ तत्कालै राहत हुने कार्यक्रमको घोषणा गर्न, प्रदेश भित्र कोरोना परिक्षण प्रयोगशाला तत्काल निर्माण गर्न, कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको नीति, निर्देशनहरुको पूर्ण पालना गर्न गराउन सरकारलाई आग्रह गर्दछु ।’ विज्ञप्तीमा लेखिएको छ, ‘कर्णाली प्रदेशका अधिकांश जिल्लाहरु अति विकट भएका हुनाले त्यहा विपत व्यवस्थापनलाई नगद नपठाई सामाग्रिको व्यवस्थापन गर्न, यतिखेर कसैलाई भिख माग्न तिर आफ्नो समय खेर नफाली आफूसंग भएको यथष्ठ स्रोत र साधनको बुद्धिमता ढंगबाट परिचालन गर्न सरकारलाई आग्रह गर्दछु ।’
सरकारलाई दिइएको सुझाबहरु कुनै भावावेशमा नभइ कर्णाली प्रदेशका जनताहरुको रक्षाका लागि र सरकारको कुशलता तथा सफलताको लागि भएको हुनाले कार्यान्वयन गर्न नेता शाहीले सरकारलाई आग्रह गरेका छन् ।

हेर्नुहोस, विज्ञप्तीको पूर्ण पाठ
२०७६।१२।१८
प्रेश विज्ञप्ती

मानब सभ्यताको लागि शताब्दीकै ठूलो चुनौतीका रुपमा देखा परेको कोरोना महामारीको नियन्त्रणका लागि प्रदेश सरकारले हाल सम्म चालेका सकरात्मक कदमहरु प्रति नेपाली कांग्रेस हार्दिक स्वागत एवं धन्यबाद व्यक्त गर्दछ। तर पनि, प्रदेश सरकारवाट हुदै आएका गतिविधीहरु प्रति आम नागरिकहरुमा वास्तविक सन्तुष्टिको अनुभूति मिल्न नसकेको तथ्यलाइ विभिन्न माध्यमहरुवाट प्राप्त प्रतिक्रिया तथा जनगुनासाहरुले संकेत गरेकाछन् । कोरोनाको नियन्त्रणका लागि सरकारी प्रयासहरु सम्पुर्ण नागरिकहरुको रक्षार्थ केन्द्रित हुनु पर्नेमा हिजो आजका केही विभेदकारी गतिविधीहरुले सरकार भएको भान आम नागरिकमा महशुस हुन सकिरहेको मात्र छैन, उक्त कार्यले जनताहरुको पीडालाइ थप बल्झाउने काम भएकोछ । यस्तो विषम घडीमा सरकारले आफ्ना सम्पूर्ण नागरिकहरुको संरक्षकीय भूमिका निर्वाह गर्नु पर्ने हुन्छ। यस्ता महामारी एवं विपद ब्यवस्थापनमा सरकारले जनताको विश्वासलाइ टुटन दिनु हुन्न । किनकि, कुनै पनि कार्यको जस अपजसको सम्पूणर््ा भागेदार सरकारलाइ जान्छ। सरकार सिंगो संस्था हो, सदस्य पात्र हुन । संस्था टिम वर्कवाट चल्ने हो । तर, यस्तो मानवीय संकटको अवस्थामा सरकारी कोषलाइ दुरुपयोग गरी ब्यक्ति प्रधान बन्ने आन्तरिक प्रतिष्प्रर्धामा प्रदेश सरकारका उच्च पदस्थ ब्यक्तिहरुको गतिशीलतामा तिब्रता बढ्नु भनेको बिडम्बना हो । यस्ता गलत हर्कतहरु महामारी नियन्त्रण कार्यका लागि प्रभावकारी औजार हुन सक्दैनन । यस किसिमका मनोगत प्रचार प्रसारलाई समयमै नियन्त्रण गर्नु उपयूक्त हुन्छ । अत, सरकारलाइ गम्भीर, संवेदनशील, दृढ र गतिशील भइ कोरोना नियन्त्रणमा लाग्न विन्रमतापूर्वक अनुरोध गर्दछु ।

कोरोना भाइरसको हाल सम्म औषधी पत्ता नलागी सकेको अवस्थामा यस विरुद्ध लड्ने एक मात्र अचुक अश्त्र भनेकै सामाजिक दुरीलाई घटाउने, लकडाउनको नीतिलाइ कार्यान्वयन गर्ने र सबैमा उच्च मनोबल बढाउने नै हो । विश्वका अति विकसित देशहरुले समेत सामाजिक दुरी काययमा हेलचक्र्याइ गरेकै कारण यस्तो भयावह स्थितिको सामाना भोग्नु परि रहेकोछ । यहि वास्तविक यर्थाततालाइ हृदयगम गरि स्वास्थ सेवा पहुच अभाव, भौगोलिक विकटताको मारमा रहेको हाम्रो प्रदेशमा महामारी रोकथाम गर्ने उचित विकल्प यो भन्दा अरु हुन सक्दैन । फेरि, हाम्रो देश नेपालमा हाल विदेशवाट आएका नागरिकहरुमा मात्र कोरोना प्रकोपको संक्रमण देखिएकोछ । यस्तो अवस्थामा लकडाउन, सेल्फ आइसोलेसन जस्ता नीतिलाइ अक्षरस पालाना गर्नु पर्नेमा प्रदेश सरकारका गतिविधीहरु प्रकोप नियन्त्रण भन्दा बढोत्तरीमा उन्मूख भै रहेकाछन् । हुँदाहुँदा, हाम्रो सरकार नै कोरोना प्रकोपले गाँउलाई असर गर्दैन भन्ने भ्रम एवं निष्र्कषमा पुगेको देखिन्छ । क्वारेन्टाइनमा राख्नु भन्दा विना तयारी सहरवाट हुलकाहुल नागरिकहरुलाइ गाँउ पठाउन लागि परि रहेकोछ, यसले प्रदेशवासीमा निराशा छाएकोछ । सडकमा अहोरात्र खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको मनोबल गिरेकोछ । अत, सरकारले यस्ता तथ्यमा नजरअन्दाज नगरि लकडाउन नीतिलाइ कडाईका साथ लागू गर्दै जो जहा छन वा साबिकको स्थानमा खाद्य, स्वास्थ्य सुरक्षा लगाएतका आधारभूत वस्तुको प्रबन्ध मिलाइ गाउ गँउमा प्रयाप्त स्वास्थ्य सामाग्री तथा उपकरणको ब्यवस्थामा ध्यान केन्द्रित गर्नु पर्ने आजको अपरिहार्यता हो ।

सरकारका सुस्त गतिविधीले क्वारान्टाइन निर्माण, अस्पताल आदिमा रकम निकाशा गरे भनि मख्ख भएको, प्रक्रियामा मात्र व्यस्त भएको आभाष दिएकोछ । भारत लगाएतका देशहरुवाट आएका नागरिकका कारण गाँउ गाँउमा त्रास फैलिएकोछ, उनीहरुलाइ क्वाराइन्टाइनमा राख्ने जस्ता न्युनतम कार्यहरु हुन सकि रहेका छैनन । स्वास्थ्य उपकरण, औषधी अभावछ, अग्र पक्तिंमा खटिएका स्वास्थ्यकर्मीको मनोबल गिर्दोछ । हाल सम्म आवश्यक पि.पि.ई लगाएत चिकित्सा र स्वास्थ्य उपकरण,परिक्षण किट, गुण स्तरीय मास्क, सुरक्षा उपकरण उपलब्ध गराउन सकिएको छैन। हाम्रो वास्तविक अवस्था यहि हो ।
सरकारलाइ कोरना नियन्त्रणका लागि श्रोतको अभाव पनि होइन, खाली ब्यवस्थापनको अभाव मात्र हो । विकास निर्माण भन्दा पनि जनताको जिवन सुनिश्चितता गर्नु अहिलेको पहिलो शर्त हो । सरकारलाइ कमजोरी सुधार्ने समय अझै प्रयाप्तछ । सरकारलाइ गफ मात्र नगरि काम गरेर देखाउने महत्वर्पूण अवसरका रुपमा ग्रहण गर्न अनुरोध गर्दछु। हामी सवै मिलेर लाग्यौ भने कोरना भाइरस परास्त गर्न अवश्य पनि सफल हुनेछौ । कोरोना भाइरस नियन्त्रण कार्यमा सरकारलाइ नेपाली कांग्रेसवाट सधै सहयोग र साथ रहेनेछ । अतः नेपाली कांग्रेस कोरोना प्रकोपको नियन्त्रणका लागि गम्भीर, संवेदनशील, दृढ र गतिशील भइ अबिलम्ब निम्न कार्यहरु गर्न सरकारको ध्यानार्कषण गराउदछ ।

१. नेपाल सरकारले लिएको लकडाउन नीतिलाइ कडाइका साथ पालना गर्न, गराउन र यस अवधीमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु एवं सेवाको सहज आपूर्ति एवं व्यवस्था गर्न ।
२. क्वाराइन्टाइन बनाएर मात्र कोरोना नियन्त्रण नहुने हुदा विदेशवाट आएका नागरिकहरुको लगत संकलन गरि पहुचका आधारमा सुर्खेत स्थित निर्माण भएका क्वाराइन्टाइन र स्थानीय स्तरमा निर्माण भएका क्वाराइन्टाइनमा कडाइका साथ राख्न ।
३. प्रदेशभरीका स्थानीय स्वास्थ्य केन्द्र, संस्थाहरुमा प्रयाप्त आवश्यक औषधी, उपचार सामाग्री, आइशोलेसन बेड, भेन्टिलेटर लगाएतका उपकरणको तत्कालै व्यवस्था गर्न ।
४. कोरोना महामारी नियन्त्रणमा रातादिन खट्नु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उच्च मनोबल बढाउन, उनीहरुको जीवन रक्षा र स्वास्थ्य सेवाका लागि आवश्यक पि.पि.ई लगाएत चिकित्सा र स्वास्थ्य उपकरण, परिक्षण किट तथा सुरक्षाकर्मीहरुलाइ गुण स्तरीय मास्क, सुरक्षा उपकरणको अबिलम्ब व्यवस्थ गर्न ।
५. कोरोनालाई सामुहिक प्रयासले मात्र प्ररास्त गर्न सक्ने भएकाले आवश्यक संयन्त्र निर्माण गरी पिडितहरुको राहत, उद्यार एवं प्रकोप रोकथामका कार्यमा स्थानीय तह, नीजि क्षेत्र, संघ संस्थाहरुलाइ परिचालन गर्न ।
६. सुकुम्बासी, डेरावाल, बाढीपिडीत, विद्यार्थी, दैनिक ज्यालामजदुरी गरि जिविकोपार्जन गर्ने र प्रकोपावाट उच्च जोखिममा परेका समुदायलाइ तत्कालै राहत हुने कार्यक्रमको घोषणा गर्न ।
७. प्रदेश भित्र कोरोना परिक्षण प्रयोगशाला तत्काल निर्माण गर्न ।
८. कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको नीति, निर्देशनहरुको पूर्ण पालना गर्न ।
९. कर्णाली प्रदेशका अधिकांश जिल्लाहरु अति विकट भएका हुनाले त्यहा विपत व्यवस्थापनलाई नगद नपठाई सामाग्रिको व्यवस्थापन गर्न ।
१०. यतिखेर कसैलाई भिख माग्न तिर आफ्नो समय खेर नफाली आफूसंग भएको यथष्ठ स्रोत र साधनको बुद्धिमता ढंगबाट परिचालन गर्न ।
११. यस्तो आपतको घडिमा राजनीतिक आश्वासनको भाषा नबोली, बचन दिएका वाचाहरुलाई यथासिघ्र पुरा गर्न ।
यि माथिका सुझाबहरु कुनै भावावेशमा नभइ कर्णाली प्रदेशका जनताहरुको रक्षाका लागि र सरकारको कुशलता तथा सफलताको लागि भएको हुनाले, आगे सरकारको मर्जी ।
जय कर्णली जयनेपाल ।

(जीवनवहादुर शाही)
नेता,संसदीय दल
२०७६।१२।१८

सम्बन्धित समाचार