२०८१, १९ चैत्र बुधबार

प्रेम कहर (कविता)

भरत गौतम

प्रिय !
तिमीले सोच्यौ होला,
मलाई धोका दिएर कहाँ गयो भनेर ।
मलाई बिर्सी अर्कै सङ्ग माया लायो भनेर
तर होइन प्रिय,
यतिबेला शहरमा कहर आएको छ ।
थोरै भएनी त्यो रित्तो गाउले माया पाएको छ
अन्यथा नसम्झ प्रिय,
कहरको सन्त्रास अलि हल्का भएपछि
म फेरि त्यही फर्किन्छु ।

तर आश्चर्य म फर्के पछि मेरो गाउँ फेरि रित्तिने होला।
त्यो भत्किन तम्तयार पिढी लच्किने होला,
ती पल्ला घरे काकाले फेरि कस्लाइ सुनाउलान घतलाग्दो काहानी
माथिला घरे दाइको नि ढल्कीसकेछ जवानि
साचै यो कहरले गाउँ प्रेम जगाएको छ ।
तिमी सङ छुटाएको छ
तर बालापनको झल्को मेटाएको छ

आउँ आजफेरि मेरो काखमा भन्दै
हात फिजाएको छ गाउँले
मन्ध स्वरमा फर्की आउने बिगुल
बजाएको छ गाउँले
साच्चै गाउँ त गाउँ रहेछ

तर एक्दिन फेरि फर्कने छु
यो गाउँ लाई चटक्क छोडी
हृदयको स्पर्श तोडि
जहाँ,
तिमी र म रमाएका थियौँ
एकअर्कामा दुःख सुख
साटासाट गरेका थियौँ
किनकी आफुलाइ दुख पर्दा गाउँ
अनि गाउँलाई दुख पर्दा फर्केर नजाउ
सिद्धान्त कालान्तार देखि अटल रहेछ।