२०८३, १७ असार बुधबार

कोरोना त्रासका कारण कर्णाली प्रदेश सभा अर्को सूचना नभएसम्म स्थगित

सुर्खेत, १३ चैत ।

कर्णाली प्रदेश सभाको हिउँदे अबिधेशनको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संसद सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार बैठक आज दिउसो तीन बजे बस्ने भनिएपनि कोरोना त्रासका कारण स्थगित गरिएको हो । ‘कर्णाली प्रदेश सभाको बैठक कोरोना भाइरस को सम्भावित संक्रमणका कारण नेपाल सरकारले देश भर अत्यावश्यक सेवा वाहेकका सम्पूर्ण सेवा र आवतजावतमा प्रतिबनध लगाएका कारण बैठक बस्न सकेन ।’ उनले भने, ‘कर्णाली प्रदेश सभा नियमावली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम माननीय सभामुख ज्यूको आदेश अनुसार सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।’

प्रदेश सभाको बैठक विजनेश नभएको बताउँदै गएको फागुन २७ गते बसेको थियो ।