२०८१, १ कार्तिक बिहीबार

नागरिकको सरकारप्रतिको भरोसा

सरकार सधै नागरिकको अविभावक हुनुपर्छ । कर्णाली प्रदेश सरकारको पछिल्लो समय प्रदेशमा ल्याएको नंया नितीले नागरिकलाई सरकारी सहायताका बारेमा एउटा आधार प्रदान गरेको छ ।

प्रदेश सरकारले कर्णालीका १७ लाख ७० हजार नागरिक र कर्णालीमा कार्यरत राष्ट्रसेवक कर्मचारीको एक करोड पचास लाख ९ हजार ६ सय रुपेंया खर्चेर प्राकृतिक विपद जोखिम सामूहिक दुर्घटना वीमा कार्यक्रम चैत एक गते देखि लागु गर्ने भएको छ ।

कार्यक्रमका लागि सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रति व्यक्ति आठ रुपैंया ४८ पैसा प्रति वर्ष लगानी गर्ने र त्यसबाट विपदमा परि ज्यान गुमाएका कर्णालीका नागरिकले प्रति व्यक्ति रु दुइ लाख पाउने भएका छन् । मन्त्रालयले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वीमा कम्पनी लिमिटेड सँग विहीबार सम्झौता गरेको हो ।

कर्णालकिा जनताको वीमा गर्ने र दुर्घटनामा परि कसैको मृत्यू भएको खण्डमा राहत रकम स्वरुप एक लाख रुपैंया उपलब्ध गराउने गरी असोज एक गते नै कम्पनी सँग सम्झौता भएको भएपनि राहत रकम बढाउन र कर्मचारीलाई समेट्नका लागि यो सम्झौता गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको भनाई छ ।
हामीले पहिले गरेको सम्झौता अनुसार कर्णालकिा १७ लाख ७० हजार जनताको दुर्घटनाको वीमा कालागि प्रति व्यक्ति सात रुपैंयाका दरले एक करोड २३ लाख ९० हजार तिर्नुपर्ने थियो ।

त्यसमा सरकारले २६ लाख १९ हजार ६ सय रुपैंया थप गरेर वीमित व्यक्तिले दुइ लाख रुपैंया पाउने व्यवस्था गरेका छ । यो विमा कार्यक्रम लागु भयो भने प्रदेशभरीका धेरै नागरिकहरु सरकार प्रति भरोसा गर्ने लायक हुनेछन् । सरकारले गरेको यो जनपृय कार्यक्रमजस्तै अन्य कार्यक्रमहरु पनि लागु गरे जनताप्रतिको भरोसा अझ बढ्ने थियो ।