ट्राफिकलाई पाँच सय घुस नदिँदा ड्राइभरलाई ‘घुस्सा’, यातायात अवरुद्ध
सुर्खेतको पश्चिममा पर्ने बराहताल गाउँपालिकाको बड्डीचौरमा ड्राइभर माथि ट्राफिक प्रहरीले घुस्सा बर्साएको छ ।
कर्णाली करिडोर निर्माण गरिरहेको नेपाली सेनाका लागि आइतबार विभिन्न सामाग्री मिनि ट्रकमार्फत हुम्लातर्फ गइरहेका चालक दिपक प्रसाद पोखरेलमाथि पाँच सय नदिंदा प्रहरीले घुस्सा बर्साएको चालक पोखरेलले बताए ।
तर आफूले उक्त रुपैंया दिन नमानेपछि पहिले अपशब्द बोल्दै प्रहरीले गाली गरेको र पछाडीबाट आई आफूमाथि आक्रमण गरेको उनको भनाई छ ।
यता, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा प्रहरी निरीक्षक नभएको अवस्थामा कमाण्ड सहायक इन्स्पेक्टर नरेन्द्रबहादुर सिंहले सम्हालेका छन् । उनलाई यो विषयमा सोध्दा आफूलाई घुस मागेको रिर्पोट नभएको दाबी गरे ।
‘चालकले उल्टो तपाईको औकात के हो भन्दै थर्काएपछि विवाद भएको भन्ने सुनेको हुँ,’ उनले भने, ‘यदि त्यसरी घुस नै मागेको र सार्वजनिक स्थानमा हातपात नै गरेको भए कानून अनुसार रानालाई कारवाही हुन्छ ।’
