सुर्खेत वनको लाचारीपनः वन कार्यालयले नियन्त्रणमा लिएको काठ सढ्दै
सुर्खेत। अधिकांश वन कार्यालयहरुमा नियन्त्रणमा लिएका काठ र काठ ओसार–पसार गर्न प्रयोग गरिएका गाडीहरु कार्यालयमै थन्किएका छन् ।
अवैधरुपमा ओसार– पसार गरिएका काठ मक्किएर सढ्ने गरेका छन् भने गाडी खिया लागेर थोत्रिने गरेका छन् । सुर्ख ेतस्थित डिभिजन वन वन कार्यालयले नियन्त्रणमा लिएको काठ सढ्दै कार्यालयले नियन्त्रणमा लिएको काठ र गाडी प्रयोगमा ल्याउन सकेको छैन ।
कार्यालयले नियन्त्रणमा लिएको झण्डै १२÷१५ वर्ष अघिदेखिका काठ र गाडी अहिलेसम्म उपयाेगमा ल्याउन नसक्दा कामै नलाग्ने अवस्थामा छन् । डिभिजन वन कार्यालयमा गत आर्थिक वर्षमा एक सय ३४ दशमलव ९२ क्यूफिट, चालु आर्थिक वर्षमा एक सय एक दशमलव ८७ क्युफिट चिरान र गोलिया काठ थन्किएका छन् । कार्यालयमा मक्किएका र बिग्रिएर काम नलाग्ने चिरान र गोलिया काठको कुनै एकिन तथ्याब्क छैन ।
यस्तै, काठ ओसार–पसार गर्न प्रयोग गरिएका मिनी ट्रक, ट्रक, टिपर, पावर टेलर, ट्याक्टर, मोटरसाईकल गरी ९ वटा छन् भने कागजपत्र नभएका तथा बेवारिसे १० माेटरसाइकल कामै नलाग्ने वस्थामा छन् । ‘‘कार्यालयले सब्कलन गरेकामध्ये कतिपय काठहरु फिल्डबाटै ल्याउँदा पनि बिग्रेको हुने र कतिपय काठहरु विगतका वर्षहरुबाटै रहेको हँुदा केही काठहरुको हैसियत बिग्रिएको अवस्था छ ।’’ डिभिजन वन कार्यालय, सुर्खेतका सहायक वन अधिकृत रमेशकुमार गिरीले भने, ‘‘बेवारिसे अवस्थामा भेटिएका वा मुद्दामा संलग्न रहेका काठ र गाडीहरु छन् । वैधानिक प्रक्रियाले बिक्री वितरण गर्नुपर्ने हुन्छ । पक्राउ परेको गाडी तथा काठहरु मुद्दाको प्रक्रियामा जाँदा ढिलाई हो ।’’ मुद्दा मामिलाको प्रक्रिया सकिएमात्रै लिलाम–बिक्री प्रक्रियाको काम अघि बढ्ने क ार्यालयका े भनाइ छ । कार्यालयले राष्ट्रिय र सामुदायिक वनबाट काठ, दाउरा सब्कलन गरेर उपभोक्तालाई समेत उपलब्ध गराउँदै आएको छ ।
