२०८३, १८ असार बिहीबार

कानुनी राज्यको उपहास गर्दै प्रहरी, रिहा गरिएका व्याक्तिलाई अदालत परिसर वाटै पुनः पक्राउ

हृदय रिमाल / सुर्खेत ।

कुनैपनि राजनीतिक विचारमा आस्था राख्नु मानीसको नैसगिर्क अधिकार हो । अदालतले नै कुनै आपराधिक प्रमाण नभएकोले रिहा गरेका व्याक्तिलाई विना कारण फेरी नियन्त्रणमा लिन मिल्छ ? यस्तै गरेको छ । सुर्खेत प्रहरीले
जिल्ला अदालत सुर्खेतले पच्चिस हजार धरौटीमा रिहा गरिसकेको एक युवालाई पुनः पक्राउ पक्राउ गरिएको छ । न कि उक्त व्याक्ति कुनै आपराधिक क्रियाकलापमा संलग्न भएको प्रमाण नै छ । गत माघ १३ गते
सुर्खेतको चौकुने गाउपालीका वडा न. ४ स्थायी ठेगाना भएका किरण विसीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले अदालत भित्रै वाट नियन्त्रणमा लिएको छ । उनि धरौटी बुझाएर छुटेका थिए । गत माघ १३ गते उनलाई प्रहरीले विरेन्द्रनगर १० वाट पक्राउ गरेको थियो ।
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको कार्यकर्ता भएको आरोपमा पक्राउ गरेको थियो ।
विसीलाई प्रहरीले पुनः नियन्त्रणमा लिई सुर्खेतवाट प्रहरीको “कर्णाली प्रदेश २ . ००१ झ ००८ न. को गाडीमा राखी प्रदेश ५ को नेपालगञ्ज लगेको छ ।
जिल्ला अदालतमा राज्य विरुद्ध कसुर गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले विसीमाथि फागुन एक गते अभियोग पत्र दर्ता गरेको थियो ।
उक्त अभियोग पत्रमाथि सुनुवाई गर्दा जिल्ला अदालत सुर्खेतले फागुन दुई गते बयान लिएको थियो । फागुन तीन गते शनिबार विदा परेको कारण अदालतमा थप प्रक्रिया अघि बढेको थिएन ।
तर आइतबार जिल्ला न्यायाधीस प्रल्हाद कुमार योगीको एकल इजलाशले विसीलाई २५ हजार धरौटीमा रिहा गरेको थियो । उनलाई चैत तीन गते अदालतमा उपस्थित हुन आदेश समेत दिएको थियो ।
जिल्ला अदालतले धरौटीमा छोडन आदेश दिएपनि प्रहरीले भने दादागिरी प्रदर्शन गरेको आफन्तले आरोप लगाएका छन । स्थानीयहरु प्रहरीको ज्यादतीवाट आक्राशित बनेका छन । उनिहरुले प्रहरीले विधिको शाषन उल्लङ्घन गरेको आरोप समेत लगाए ।
प्रहरीले उनलाई सामान बुझ्न भन्दै फेरि अदालतबाट जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।
त्यहाँबाट स्वास्थ्य जाँचको बहानामा प्रदेश अस्पताल लिने र छोडने भनेपनि प्रहरीले उनलाई नेपालगञ्जतर्फ लगेको छ ।
‘हरेक हिरासतमा रहेका व्यक्तिलाई हामीले ल्याउँदा र छोडदा स्वास्थ्य चेकजाँच गर्ने कानूनी व्यवस्था छ ।’ प्रहरी निरिक्षक भरत शाहले भने, ‘हामी अब उहाँलाई स्वास्थ्य जाँच गराउँछौं र छोडछौं ।’ तर प्रहरीले नै झुम्याएको देखिएको छ ।
यद्यपी उनलाई प्रहरीले आफ्नो् भ्यानमा राखेर नेपालगञ्ज लगेको छ । जिल्ला अदालतमा संक्षिप्त प्रतिक्रिया दिदैं विसीले देशमा विधिको शासन लागु हुनुपर्ने बताएका थिए । सञ्चार कर्मि समक्ष उनले कानुनी राज्यको पालना गर्ने बताए । सो क्रममा प्रहरीले संचारकर्मिहरुलाई फोटो नखिच्न समेत भनेको थियो । जवकी त्यो कानुन विपरित हो । अदालत भित्र कुनै पनि व्याक्तिलाई हतकडी समेत लगाउन नमिल्ने अधिवक्ता धर्मराज रेग्मीले बताए । उनले पत्रकारलाई फोटो समेत खिच्न नदिनु प्रहरीको ज्यादती भएको बताए ।
‘नियम मानेर कानून मानेर म २३ दिन हिरासतमा बसेको छु ।’ उनले भने, ‘सम्मानित अदालतले धरौटीमा रिहा गर्न आदेश दिइसकेको र आगामी चैत तीन गते अदालतमा उपस्थित हुन आदेश दिइसकेको बेला मलाई फेरि नियन्त्रणमा लैजाने प्रयास गरिएको छ ।
यो विधिको शासनको विपरित हो ।’ आफूलाई अहिलेसम्म सम्मानित अदालतले निर्दोष सावित नगरेको बताउँदै जिल्ला अदालतले दिएको आदेश अनुसार २५ हजार धरौटि तिरीसकेको बताए । अदालतवाट प्रहरीले उनलाई नियन्त्रण लिदा आफुन्तहरु जम्मा भएका थिए । अदालतले रिहा गरेको ले अव घर जान पाईन्छ भन्ने लागे पनि प्रहरीले नियन्त्रण लिएको परिवार जनले बताएका छन । अदालत परिसरवाट प्रहरीले सुरक्षा विच उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लगेको थियो । विसिलाई अदालतवाट प्रहरीले नियन्त्रणमा लिईरहदा प्रहरी संगै केही मानीसहरु दौड धुपमा देखीएका थिए । प्रहरीले विसिको स्वास्थ्य परिक्षण भन्दै नेपालगंज तिर लगेको प्रत्यक्ष दर्शिले बताएका छन ।
यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक ‘एसपी’ दिल्लीराज पन्तले उनलाई रिहा गरिसकेको बताए । आफु कार्यालयमा नभएको बताउदै एसपी पन्तले प्रहरीले विसीलाई छाडी सकेको दावी गरे । उनी प्रहरी प्रमुखले दिनुपर्ने जवाफ वाट गैर जिम्मेवार जवाफ दिएको देखीन्छ ।