अमेरिकामा लुकेकि भनिएकि दर्शनाले लेखिन्, ‘म कतै लुकेकि छैन, बिरामी छु’

सुर्खेत । चार महिनादेखि उपप्रमुख सम्पर्कविहिन भनिएकि कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) ले आफु कतै नलुकेको र बिरामी परेर चाररत भएको लेखेकि छन् । नगर प्रमुख रत्नबहादुर शाहीले विभिन्न मिडियासंग उपप्ररमुख आफुसंग सम्पर्कमा नरहेको बताएपछि उनले आइतवार सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेखेकि छन् । स्टाटसमा उनले आफु बिरीमी परेको र उपचाररत रहेको तथा उपचारमा स्थानिय सरकारको पैसा खर्च नगर्ने भन्दै आफुलाई अमेरिकामा लुकेको बताउनेहरु प्रति आक्रोश व्यक्त गरेकि छन् ।
नगरपालिका संघको सिफारिसमा चार महिना अघि अमेरिका गएकी उपप्रमुख नेपाली कसैसंग सम्पर्कमा नरहेको र फेसबुक एकाउन्ट पनि डिएक्टिभेट रहेको मेयर शाहीले बताएका थिए । उनको फेसबुक एकाउन्ट भने शुक्रबार मात्रै एक्टिभेट भएको थियो । नोभेम्बर १५, २०१९ मा फिलिङ सिक भनेर उफ लेखेर स्टाटस राखेको देखिन्छ । उनले लेख्न सहयोग उषा कुमाई ले गरेको स्टाटसमा उललेख गरेकि छन् ।
उनले चौबिसै घण्टा मदिरामा डुब्ने मेयर भन्दै मेयरले आफ्नो फोन नउठाएको बताएकि छन् । उनले लेखेकि छन्, “म आराम छैन । तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ । ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्न्थे हो रहेछ आज आएर बुझ्दै छु ।”
आफु कतै नहराएको र नलुकेको बताउँदे उनले आफुले मेयर रत्न शाहीलाई जानकारी गराएर अमेरिका गएको लेखेकि छन् । “अमेरिकाबाट बारम्बार फोन गर्दा कार्यालयमा मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकिय अधिकृत उद्यव विजाल जि संग पनि कुरो भएको हो ।” सबै वडा अध्यक्ष संग पनि कुरा भएको बताउादे उनले कतैबाट प्रतिक्रिया नआएको लेखेकि छन् ।
अमेरिका जाँदा नगरले रकम नदिएको भन्दै पेसा माग्न जस्तो धेरैपटक फोन नगर्ने सोच लिएको उनले लेखेकि छन् । “हुन त २४ घन्टा रक्सीमा डुबिराख्ने मेयर लाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारम्बार भिख पनि मागिन ।”
“मैले सोचे म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिन माग्दिन ।” उनले लेखेकि छन, “अहिले म राम्रो सङ्ग बोल्न पनि सक्दिन अलि अलि चल्न सक्ने भएको छु यस्को सबै उपचार भारतकि डा . अञ्जीर कुमार ले गर्दै हुनुहुन्छ । म पुर्ण रुपमा निको हुन अझै ५ महिना समय लाग्छ।”
तिलागुफाका जनताहरुको माया ममता सधै भइराख्ने उल्लेख गर्दै उनले लेखेकि छन्, “मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरीदिनुहोला मलाई उत्तरदायित्वको बारेमा राम्रो सङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।”
