विद्यार्थीका माग पुरा, मौका परिक्षाको फाराम खुल्यो !
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रथम सेमेस्टारको मौका परिक्षाको माग गर्दै विधार्थीहरूले परीक्षा व्यवस्थापन कार्यालयका परीक्षा व्यवस्थापन प्रमुख आनन्द सुवेदीलाई विधार्थीहरूले ज्ञापनपत्र बझाएको एक हप्तामै विद्यार्थीहरुको माग पूरा भएको छ । स्नातक र स्नातकोत्तर प्रथम सेमेस्टारको मौका परिक्षाको समय तालिका सार्वजनिक नगरिएको भन्दै उनिहरूले ज्ञापनपत्र बुझाएका थिए ।
विश्वविद्यालयको परीक्षा शाखाले शनिवार सुचना जारी गर्दै विभिन्न संकायका स्नातक तथा स्नातकोत्तर तह प्रथम सेमेस्टारको मौका परिक्षाको आवेदन खोलेको हो ।
मौका परीक्षा माग गर्दै ज्ञापनपत्र बझाउने समुहका प्रतिनिधि विधार्थी नेता भरत गौतमले आफुहरूकाे माग सम्बोधन गरेकाेमा परीक्षा व्यवस्थापन कार्यालयलाई धन्यवाद व्यक्त गरे । अन्य विद्यार्थीहरूले पनि सामाजिक संजालमा परीक्षा व्यवस्थापन कार्यालयलाई धन्यवाद व्यक्त गर्दै ममग पूरा भएकोमा खुसी प्रकट गरेका छन् ।
