गुराँसेमा दोस्रो पटक हिउँ पर्याे
सुर्खेत । दैलेखको गुराँसेमा दोस्रो पटक हिमपात भएको छ । बुधबार रातीदेखी नै गुराँसेमा झण्डै एकफिटसम्म हिउँ परेको हो । गतसाता बिहीवार गुराँसे आसपासमा मात्रै हिउँ परेपनि यो पटक रानाताङ्गला बजारसम्म हिउँ परेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले जानकारी दिए ।
पश्चिमी भू(भागमा सामान्यदेखि पूर्ण रुपमा बदली रहेको पराजुलीले बताए । कर्णालीका अधिकाँश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमालका अधिकांश भूभागमा हिमपात भइरहेको छ । पश्चिमनेपाल डटकम
