आयुर्वेद औषधालयमा बढ्दै चाप: पाइल्स, फिस्टुलाको अप्रेशन ४ हजारमा
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश आयुर्वेद औषधालय कालागाउँमा पाइल्स र फिस्टुलाको सस्तोमा अप्रेशन हुने भएको छ । अन्यत्र १० देखि १५ हजारसम्म खर्च लाग्ने भए तापनि प्रदेश आयुर्वेद औषधालयले चार हजा रम ै अ प्र ेशन गर्न े भए पछि िवर ाम ीक ा े चा प ब ढि र ह ेक ा े औषधालयका सूचना अधिकारी एवम् कविराज निरिक्षक श्रीराम आचार्यले जानकारी दिए ।
उनका अनुसार विगतमा जिल्ला मातहत रहेको औषधालयलाई प्रदेश औषधालयमा रुपान्तरण गरेपछि झन् सेवाग्राहीको संख्यामा बढोत्तरी भएको हो । ‘‘आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लामा २१ हजार २ हजार ७६ जनाले सेवा लिएका थिए ।
आर्थिक वर्ष २०७५÷०७६ मा सो संख्या बढेर २२ हजार ९६३ पुगेको थियो ।’’ उनले भने, ‘‘चालु आर्थिक वर्षको पहिलो आयुर्वेद औषधालयमा बढ्दै चाप चौमासिकमा ५ हजार आठ सय बीस जनाले सेवा लिएका छन् । पहिलो चौमासिकमा वर्षायाम भएको, चाडपर्व भएका कारण सेवाग्राहीको संख्या थोरै कम देखिएपनि यो धेरै नै हो ।’’ औषधालयमा पेटसम्बन्धी ग्याष्ट्रिक रोग, हात खुट्टा जोर्नी, नशासम्बन्धी रोग, दम, खोकी, छालासम्बन्धी, पाइल्स र फिस्टुला तथा मानसिक समस्या (डिप्र ेसन), महिल ाक ा े महिनावारी गडबड, सेतो पानी बग्ने, रगत बग्नेजस्ता रोगको उपचार हुने गर ेक ा े छ ।
ज् येष्ठ नाग िरक, असहायलाई औषधालयमा निःशुल्क रुपमा उपचार सेवा उपलब्ध छ । औषधालयमा कर्णाली प्रदेशका १० जिल्लाका अलावा पाँच नम्बर प्रदेशको बाँके र बर्दिया तथा सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, डोटीबाट सेवाग्राहीहरु आउने गरेका छन् ।
औषधालयमा एक चिकित्सक, १ कविराम निरीक्षक, १ ल्याब असिस्टेन्ट र दुई कार्यालय सह य ा े ग ील े स े व ा प्रद ान गर्दै आइरहेका छन् । कति लाग्छ उपचार खर्च ? औषधालयमा सामान्य नागरिकको नाम लेखाउन २५ रुपैयाँ लाग्छ । फ्लोअपका लागि आउने बिरामीको दर्ता शुल्क दश रुपैयाँ लाग्छ । ल्याबको टेष्ट हेरेर फरक–फरक लाग्ने गरेको छ भने पञ्चकर्म सेवाअन्तर्गत स्टिम बाथ गर्दा र शिरोधारा गर्दा एक सय शुल्क लाग्ने गरेको छ ।
पाइल्स र फिस्टुलाको अपे्रशन शुल्क जम्मा चार हजार मात्र हो । औषधालयले पाउडरजन्य औषधिको उत्पादन गर्दै आइरहेको छ । कविराम निरीक्षक खत्रीका अनुसार औषधालयले अभिपत्तीकर चुर्ण, हिंग वास्टक चुर्ण, शितो पलाडी चुर्ण, त्रिफला चुर्ण, अशोक गन्धा चुर्ण, आमलकी चुर्ण, बुडुची चुर्ण, विरेचक चुर्ण, पित्तसामक चुर्ण र सतावरी चुर्ण उत्पादन भइरहेको छ । कार्यालय प्रमुख डा. शंकरप्रसाद रिजालले औषधालयलाई कर्णाली प्रदेश आयुर्वेद अस्पतालको रुपमा विकास गर्न सामाजिक विकास मन्त्रालयमा पेश गरिएको जानकारी दिए ।
उनका अनुसार औषधालयले हाल कार्यरत ७ बाहेक थप ४२ जना कर्मचारीको माग गरेको छ । ‘‘१५ शैयाको अस्पताल सुरु गर्न हामी नयाँ वर्षसम्म तयार छौँ । सरकारले दरबन्दी स्वीकृत गरी पठाएको खण्डमा हामी अस्पताल सुरु गर्न तयार छौं ।’’ उनले भने, ‘‘अस्पताल भवनको डिपीआर बनिसकेको छ । विशेष अनुदानअन्तगत बजेटका लागि माग पेश भइसकेको छ ।’’ उनले नमूना जडीबूटी बगैंचा पनि बनाइने बताए ।
‘‘यहाँका जडीबूटीहरु मात्रै बगैंचामा रोप्ने तयारी गरेका छौँ ।’’ उनले भने, ‘‘त्यसका लागि आवश्यक तयारी गरिरहेका छौँ । यही वर्षभित्र भिडियो एक्सरे मेसिन ल्याउने तयारी गरेका छौँ ।’’ पाइल्स… कर्णाली प्रदेशमा पाइने अधिकांश जडीबूटी सोझै व्यापारीले नेपालगञ्ज लैजाने भएका कारण औषधालयका कर्मचारीलाई थप झञ्झट व्यहोर्नु परिरहेको छ ।
‘‘कर्णालीको जडीबूटी पनि छ । १२ थरी जडीबूटी हामीले प्रयोग गर्दै आइरहेका छौँ । चिराइतो, कुटकी, जटामसी, हर्रो बर्रो, अमला, गुर्जो, धाइरोको फूल, बेल, अदुवा, कुरिलो आदि मुख्य हुन् ।’’ डा. रिजालले भने, ‘‘चाहिने मात्रामा कहिले पाइन्छ । कहिले पाइदैन । यहाँको बिरामीलाई पुग्ने गरी मात्रै हामीले औषधि उत्पादन गर्दै आइरहेका छौँ ।
यहाँ जडीबूटीको भण्डारण गर्ने क्षेत्र नभएका कारण नेपालगञ्ज लैजानुपर्ने बाध्यता छ । पाँच नम्बर प्रदेशबाट जडीबूटी कर्णाली ल्याउँदा वनको सिफारिस गर्नुपर्ने, औषधी बनाउन लाग्ने कि, सिफारिस ल्याउने तनाव छ ।’’ उनले सुर्खेतमा औषधी भण्डारण गर्न सके समस्या नआउने बताए । सामाजिक विक ास मन्त्री दल रावलले कर्णाली आयुर्वेदिक अस्पताल बनाउने गरी आफूहरु अघि बढेको बताए । ‘‘म अस्पताल बनाउनका लागि लागिपरेको छु । आज मात्रै प्रस्ताव मन्त्रालयमा आएको छ ।’’ उनले भने, ‘‘त्या े प्रस्ताव हेरेर आवश्यकताअनुसार दरबन्दीका लागि मन्त्रिपरिषद्को बैठकमा केही दिनमा नै म प्रस्ताव लैजान्छु ।’’
