२०८३, १७ असार बुधबार

नेकपाका राष्ट्रियसभाका उम्मेदवार : कर्णालीमा शर्मा र विसी

  सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भागबण्डामा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको टुंगो लगाएको छ ।  शुक्रबार बसेको नेकपा सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीका तर्फबाट १६ जना उम्मेदवारको टुंगो लगाएको हो ।    नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्रबीच भागबण्डाको आधारमा उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार तत्कालीन एमालेको तर्फबाट नौं र माओवादी केन्द्रको तर्फबाट सात सिटमा प्रतिनिधित्व रहनेगरी भागबण्डा गरिएको छ । नेकपाले कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा र सुमित्रा विसीलाई उम्मेदवारका लागि छनौट गरेको हो ।

शर्मा तत्कालिन माओवादी र विसी तत्कालिन एमालेमा आवद्ध थिए । जनयुद्धमा भूभिगत बनेका शर्मा हाल नेकपा कर्णाली प्रदेशको सचिव हुन् । यस्तै तत्कालिन एमालेको महिला संगठन अनेमसंघको राजनीतिमा सक्रिय विसी पार्टी एकिकरण अघि तत्कालिन एमालेको केन्द्रिय निर्वाचन आयोगको सदस्य थिइन् । यस्तै नेकपाले प्रदेश १ बाट पूर्वएमाले समूहबाट इन्दु गौतम र देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ भने पूर्वमाओवादीबाट गोपी अछामीलाई उम्मेदवार बनाएको छ ।

यस्तै प्रदेश २ मा पूर्वएमालेबाट तुलसा दाहाल र पूर्वमाओवादीबाट राधेश्याम पासवान उम्मेदवार बनेका छन् भने प्रदेश नम्बर ३ बाट पूर्वमाओवादीबाट गंगा बेलबासे र पूर्व एमालेबाट बेदुराम भुसाल उम्मेदवार बनेका छन् । यसैगरी गण्डकी प्रदेशमा पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ र पूर्व एमालेबाट भगवती न्यौपाने उम्मेदवार बन्दा प्रदेश ५ बाट पूर्व एमालेबाट विमिला घिमिरे र गोपाल भट्टराई तथा पूर्वमाओवादीबाट जगप्रसाद शर्मा उम्मेदवार बनेका छन् ।

यस्तै सूदूरपश्चिम प्रदेशबाट पूर्वमा ओवादीबाट तारामान स्वाँर र पूर्व एमालेबाट शारदा भट्ट उम्मेदवार सिफारिस भएका हुन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा पार्टी बनेको भए पनि सरकारदेखि संगठनसम्म भागबण्डाको आधारमा प्रतिनिधित्व हुँदै आएको छ ।

पार्टीले मूल्यांकन ग¥यो

 

जाजरकोट भेरी नगरपालिका–१२ जगतिपुरमा २०२० सालमा जन्मिएका मायाप्रसाद शर्मा २०३८ सालमा अखिलको सदस्य बने । २०४२ सालमा शिक्षक संगठनमा आवद्ध भएका शर्मा २०४७ सालदेखि पार्टी राजनीतिमा संलग्न भए ।

नेकपा मसालको जिल्ला कमिटी सदस्य, संयुक्त जनमोर्चाको जिल्ला उपाध्यक्ष, नेकपा माओवादीबाट २०५१ देखी २०६३ सम्म भुमिगत भएका थिए । केन्द्रिय सदस्य, पोलिटब्यूरो सदस्यहुँदै सचिवालय सदस्यसम्म भएका शर्मा २०६४ सालको संविधान सभाको निर्वाचनपछि २०६५ सालमा समानुपातिक सभासद बनेका थिए ।

२०६९ सालमा नेकपा माओवादी विभाजनपछि उनी मोहन वैद्य समुहमा लागेका थिए । भुमिगतको बेला पश्चिम जिल्लाको युद्ध मोर्चाको नेतृत्व गरेका थिए । आईएसम्मको अध्ययन पूरा गरेका शर्माले युद्धकालमा परिवारका धेरै सदस्य गुमाएका छन् ।

उम्मेदवारमा छनौट भएपछि शर्माले पार्टीले आफ्नो मुल्यांकन गरेको प्रतिक्रिया दिए । कर्णालीको भूगोलबारे आफू जानकार रहेकाले निर्वाचित भए यहाँको विकासका लागि केन्द्रमा सक्दो पहल गर्ने उनले प्रतिवद्धता जनाए ।

ढिलै भएनी न्याए पाएँ

सुर्खेतको खानीखोलामा २०१७ सालमा जन्मिएकी समित्रा विसीले तत्कालिन मालेबाट २०३५ सालबाट पार्टी राजनीतिमा प्रवेश गरिन् । २०३७ सालदेखी अखिल नेपाल महिला संघको पुनर्गठन भएपछि त्यसको सदस्यसमेत भइन् ।

२०३९ सालमा उनलाई पार्टीले सदस्यता दिएको थियो । तर त्यतिबेला पार्टीका दस्तावेज लुकाउँदा नभेटिँदा २०४३ सालमा पार्टीको सदस्यता कायम भयो । गाउँ, इलाका, नगर, जिल्ला अञ्चल कमिटीको सदस्य हुँदै काम गरेको अनुभव उनमा छ ।

तत्कालीन एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय सचिव भएर काम गरेको उनको अनुभव छ । तत्कालिन एमालेमा हुँदा उनले केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोगको सदस्य भएर काम गरिसकेकी छन् ।

२०७४ सालमा पार्टीले प्रतिनीधि सभा सदस्य पदको समानुपातिक उम्मेदवार बनाउने भनेपछि उनले राष्ट्रि वाणिज्य बैंकको जागिरबाट राजिनामा दिइन् । ‘पूराना कार्यकर्तालाई सम्झेर पार्टीले गरेको निर्णयको उच्च कदर गर्दछु’ विसीले भनिन्, ‘विवेक पु¥याएर पूराना नेतालाई पार्टीले ढिलै भएनी न्याए दियो ।’