गाउँपालिका अध्यक्ष शाही अपहरणमुक्त
शनिवार राति अपहरणमा परेका दैलेख ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् ।
दैलेखका सहायक जिल्ला अधिकारी इन्द्र बहादुर क्षत्रीले शाही सम्पर्कमा आएको लोकान्तरलाई जानकारी दिए ।
‘उहाँ अहिले हाम्रो सम्पर्कमा आउनुभएको छ,’ क्षत्रीले भने ।
उनलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अपहरण गरेको आशंका गरिएको थियो ।