२०८१, १ कार्तिक बिहीबार

मुख्यमन्त्रीको पहलमा कालीकोटकी रत्ना शाहीको उद्धार

सुर्खेत । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पहलमा कालिकोटकी रत्ना शाहीको उद्धार भएको छ ।

सुत्केरी व्यथाले सिकिस्त शाहीको थप उपचारका लागि नेपाली सेनाको हेलीकोप्टरवाट उद्धार गरिएको हो । ३ दिनदेखि सुत्केरी व्यथा लागेकी रास्कोट नगरपालिका वडा नं. १ छिपखाना निवासी शाही सहज सुत्केरी हुन नसकी खतराको लक्षण देखिएपछि उद्धार गरिए मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमवहादुर सिंहले जानकारी दिनुभयो ।

मुख्यमन्त्रीको पहलमा उद्धार गरिएकी शाहीको थप उपचार प्रदेश अस्पत्ताल सुर्खेतमा गरिने वताईएको छ ।