काँक्रेबिहार यातायात प्रालिको अध्यक्षमा रमेश सापकोटा
सुर्खेतमा प्रधान कार्यालय रहेको काँक्रेविहार यातायात व्यावसायी संघ बुधबारदेखि औपचारिक रुपमा सुर्खेत काँक्रेविहार यातायात प्रा.लि. मा रुपान्तरण भएको छ । साविकको यात्रुहरुको काँक्रेबिहार यातायात व्यवसायी संघ नेपाल सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बिचको समन्वय र सहमति पश्चात् सरकारको नीति भित्र रहेर सुर्खेत काँक्रेबिहार यातायात प्रा.लि मा रुपान्तरण भएको हो । बुधबार एक औपचारिक कार्यक्रम गरि उक्त प्रालिको विधिवत उदघाटन गरिएको थियो ।
उद्घाटनका कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्याक्ष विजय बहादुर स्वारले सुरक्षित यात्राको लागि प्रतिवद्ध रहेको बताएका छन् । उनले भने, ‘दशैं तिहार र छठ जस्ता पर्वहरु नजिकिँदै छन् यात्रुहरुलाई कसरी सुरक्षित स्थानमा पु¥याउन सकिन्छ भन्ने बारेमा नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ सचेत छ ।’
हिजोका दिनहरुमा काँक्रेबिहार यातायात व्यवसायी संघ हुँदा जसरी यात्रुहरुको मागलाई मध्यनजर गरेर हामीले सेवा प्रवाह गरिरहेका थियौ आगामी दिनहरुमा त्यो भन्दा स्तरीय सेवा दिनका लागि तत्पर रहेको कम्पनीका संचालक रमेश सापकोटाले लोकञ्चसँग बताए ।
कम्पनीका जेष्ठ सदस्य धनराज शाहीको अध्यक्ष्तामा भएको उक्त कार्यक्रममा विष्णु बहादुर खड्का, डिल्ली प्रसाद पौडेल, खगेन्द्र प्रसाद शर्मा, बल बहादुर विष्टलगायतका अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए ।
अध्यक्षमा रमेश सापकोटा समर्वसम्मत
सुर्खेत काँक्रेविहार यातायात प्रालिको अध्यक्षमा रमेश सापकोटा समर्वसम्मत चयन हुनुभएको छ । काँक्रेविहार यातायात व्यवसायी समिति कम्पनीमा रुपान्तरण भएपछि प्रा.लि.को पहिलो अधिवेशनले अध्यक्षतामा सापकोटालाई चयन गरेको हो ।
प्रा.लि.को वरिष्ठ उपाध्यक्षमा खड्क प्रसाद जैसी (ढकाल), उपाध्यक्षमा सन्तोष विष्ट, महासचिवमा कमल बहादुर खड्का, सचिवमा पंकज ढकाल, कोषाध्यक्षमा दिनेशप्रसाद न्यौपाने र सह–सहसचिवमा नमन रावल निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यमा मनोज शाही, पदमसिंह विक, मुक्तिनाथ बराल र सोमराज अधिकारी छन् ।