२०८१, १ कार्तिक बिहीबार

महाँसचिव कंडेल सम्मानित

 

सुर्खेत ।
उद्योग वाण्ज्यि संघ सुर्खेतका महासचिव लक्ष्मण कंडेल  सेवा सम्मान पुरस्कार २०७६’  बाट  सम्मानित भएका छन् । संविधान दिवसको अवसरमा शुक्रवार फोकस नेपाल संस्थाद्धारा काठमान्डौंमा कंडेल सम्मानित भएका हुन् ।
फोकस नेपालले शुक्रवार राजधानी काठमान्डौंमा संविधान दिवसको अवसर पारेर ‘समृद्धीका लागि सहकार्य, राष्ट्रका निम्ति अपरिहार्य’ विषयक कार्यक्रमको आयोजना गरेर कंडेल लगाएत देशभरका १२ जनालाई  सम्मान गरेको संस्थाले जनाएको छ ।

व्यवसायिक क्षेत्रबाट समाजमा सकरात्मक परिवर्तन ल्याउन भुमिका खेलेको भन्दै उनिहरुलाई फोकस नेपालले सम्मानित गरेको हो । कंडेल कर्णाली प्रदेशबाट सम्मानित हुनेमा एक्लै थिए । उनि असिम अटो पार्टस सुर्खेतका संचालकसमेत हुन् । भने तेक्वान्दो संघ कर्णाली प्रदेश समितिका अध्यक्षसमेत हुन ।

कडेललले कर्णाली प्रदेशमा अटोमोवाइलको क्षेत्रमा योगदान गरेकाले सम्मान गरिएको फोकस नेपालले जनाएको छ । कंडेलले सरकारले गर्नुपर्ने निजि क्षेत्रको सम्मान एउटा संस्थाले गर्दा पनि निजि क्षेत्रलाई उत्साह मिलेको बताए ।