२०८१, ४ चैत्र मंगलवार

हेलिकप्टरको सदुपयोग होस्

कर्णाली प्रदेश विकटताको सिक्का हो । भौगोलिक विकटताले भरिउको, स्वास्थ्य सेवामा कम पहँच रहेको, शिक्षामा कमजोर, आर्थिक हिसबाबले कमजोर, सबै सुचकांकमा अन्य प्रदेश भन्दा पछि पारिएको र विकास निर्माणमा पछाडी पारिएको प्रदेश हो कर्णाली प्रदेश ।
कणाृली प्रदेश सरकारले सुरु देखी नै यहाँ कम्तीमा एक हेलिकप्टर राख्ने व्यवस्था गरिदिन संघीय सरकारलाई आग्रह गरिरहेको थियो । यतिमात्रै होइन प्रदेश सरकारले कर्णाली हवाइ सेवा उडाउने नीति तथा कार्यक्रममा ल्याएको छ । यसको मतलब प्रदेश सरकार सुर्खेत विमानस्थलमा हेलिकप्टर वा सानो जहाज तयारी अवस्थामा राख्न चाहन्थ्यो । ताकी कर्णालीका विकट जनतालाई उद्धार गर्न सकियोस । सरकारले आवश्यक परेको बेला तत्काल राहत दिन सकियोस भन्ने मुख्य ध्येय राखेको थियो । विगतमा नेपाली सेनाको हेलिकप्टरबाट कर्णालीका विकट जिल्लाहरुबाट सुत्केरीको उद्धार हुँदै आइरहेको थियो ।
तर अहिले भने समय फेरिएको छ । नेपाली सेनाले सुर्खेतमा नै कम्तमिा दुइ ओटा हेलिकप्टर स्टाण्डबाई राख्ने निर्णय गरेको छ र एअर वेश स्थापना गरिएको छ । सेनाले एम आई १७ सहित दुइ ओटा हेलिकप्टर बेस क्याम्पमा राखेको छ । यो सेनाको सह्रनीय काम हो । तर जुन उदेश्य राखेर हेलिकप्टर राखिएको छ त्यहि अनुरुप काम होस । नेता, सांसद, मन्त्री कसैलाई पनि भाष्ण गर्ने सुविधाका लागि प्रयोग नहोस । जुन उदेश्यका लागि ल्याइएको हो त्यहि उदेश्य परिपुर्ती गर्न सेनालाई सफलता मिलोस शुभकामना ।