२०८१, २६ फाल्गुन सोमबार

एमाले मोडमा गाडी दुर्घटना ३ को मृत्यु, दर्जनौं घाइते

सुर्खेतः  रत्नराजमार्गको हर्रे र बबईको बिचमा पर्ने एमाले मोडमा यात्रुबहाक बस दुर्घटना हुँदा ३ जनाको मृत्यु  भएको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले उपचारका क्रममा दुईजनाको मृत्यु भएको जनाएका छन् । घटना स्थलमा एकजना महिलाको मृत्यु भएको थियो ।
सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ५ मा पर्ने एमाले मोडमा ना ४ ख ९३ १७ नम्बरको यात्रुबाहक गाडी दुर्घटना भएको थियो । गाडीमा चालक सहित ३० जना सवार भएकोमा ३ जनाको मृत्यु भएको र दुर्घटनामा २७ जना घाईते भएका प्रहरीले जनाएको छ । गाडि चालक घाईते अवस्थामा प्रहरीले नियन्त्रणमा राखेको छ ।
जाजरकोटबाट नेपालगंज तर्फ जादै गरेको यात्रुवाहाक गाडी विहान ३ बजे तिर दुर्घटना परेको हो ।घाईतेहरुको नेपालगंज शिक्षण अस्पताल कोहलपुर लगायत स्थानिय मेडिकलमा उपचार भईरहेको जनाएको छ । ब्रेकफेल भएर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । विस्तृत विवरण संकलन भईरहेको  प्रहरीको भनाई छ ।