कक्षा १२ को नतिजा आज सार्वजानिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा
नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ। प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो। परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको हो। यस वर्ष चार लाखभन्दा बढी विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका छन्।
यसरी हेर्न सकिन्छ नतिजा
कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको www.moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।
यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
नतिजा यसरी हेर्नुहोस: