२०८१, ३० आश्विन बुधबार

भगवतीमाईको प्राथमिकतामा ‘बिद्युत इन्टरनेट र होम स्टे’

  • कृष्णप्रसाद अधिकारी

 दैलेख । दैलेखको भगवतिमाई गाउँपालिकाले ३८ करोड ८७ लाखको बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेटमा ‘बिद्युत इन्टरनेट र होम स्टे’ प्राथमिकतामा राखिएको छ ।

गाउँपालिकावासीको आवश्यकता, प्राथमिकता र अधिकारको समूचित रुपमा विकास गर्न सकिएमा गाउँपालिकावासीहरु प्रति उत्तरदायी रहने कुरालाई मनन गर्दै “व्यावसायिक कृषि, पशुपालन र पुर्वाधार, समृद्ध भगवतीमाई गाउँपालिकाको आधार” भन्ने परिकल्पनालाई साकार पार्न गाउँपालिकाको सभा हलमा बुधबार गाउँपालिकाका उपाध्यक्ष चन्द्रा रेग्मीले आर्थिक बर्ष २०७६\०७७ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले हालसम्म विभिन्न ३१ वटा ऐन, नियम, निर्देशिका तथा कार्यविधिहरु निर्माण गरी लागु गुर्नको साथै श्रम रोजगार बैंक व्यवस्थापन सम्वन्धी कार्यविधि, २०७६ पारित गरी आम नागरिकहरुलाई विकास निर्माणमा संलग्नता बढाउन प्रतिवद्ध रहेको छ । विभिन्न प्रकृतिका विपद्जन्य प्राकृतिक प्रकोप पीडितहरुलाई विभिन्न राहत तथा आर्थिक सहयोग उपलब्ध गराईएको छ । यस्तै प्रशासनिक भवन निर्माण गर्नको लागि भगवतीमाई गाउँपालिका वडा नं. २ मा ५ रोपनी जग्गा पास गरिएको छ ।

 

यता वडा नं. ४ को वडा कार्यालय र सामुदायिक स्वास्थ्य इकाइको भवनको लागि क्रमश २ र ३ र ४ रोपनी जग्गा पास गरी सकिएको छ । वडा न ३ सान्तडामा १५ शैयाको अस्पताल निर्माण गर्नको लागि १४ रोपनी जग्गा पास गुर्नको साथै कर्णाली प्रदेशसरकारबाट समपुरक अनुदान रकम रु. १ करोड प्राप्त गरी अस्पताल निर्माणको लागि रु १ करोड ६७ लाख को वोलपत्र आह्वान भई कार्य प्रारम्भ भएको छ । नेपाल सरकारको ग्रामीण विद्युतीकरण नीति अन्तर्गत यस भगवतीमाई गाउँपालिकाका प्रत्येक वडा तथा वस्तीमा विद्युतको राष्ट्रिय प्रसारण लाईन विस्तारको लागि ग्रामीण सामुदायिक विद्युतीकरण विभागसँग समपुरक अनुदान माग गरी यो कार्य कार्य आरम्भ हुदैछ ।

गाउँपालिकाको केन्द्रमा अबको केही दिनमा नै राष्ट्रिय प्रसारण लाईनबाट वत्ती बाल्ने तयारी भएको गाउँपालिका प्रमुख प्रसासकीय अधिकृतले बताउनु भएको छ । “एक घर एक धारा” को नीति अनुसार कार्य अगाडी बढाईएको तथा वडा नं ४ मा सहडे सिंचाई योजना सम्पन्न हुने अवस्थामा पुगेको छ ।

साथै आगामि बर्ष २०७६\०७७ मा यस भगवतीमाई गाउँपालिकाले सामाजिक सुरक्षा समावेश नगरी व्यावसायिक कृषि, पशुपालन र पुर्वाधारलाई प्राथमिकतामा राखेर ३८ करोड ८७ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रा रेग्मीद्धारा प्रस्तुत नीति तथा बजेटमा ऊर्जा, सडक, खानेपानी, सिचाई, सूचना संचार तथा प्रविधि वडा नं ५ र ६ मा होम स्टे, सहिद स्मृति पार्क जस्ता पूर्वाधारहरुको विकास प्रत्यक वडा कार्यलयमा इन्टरनेटको सुविधा, कृषि, पशुपालन, जडीबुटी, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाई, सामाजिक न्याय र समावेशीकरणलाई प्राथमिकतामा राखिएको छ ।