२०८१, २१ बैशाख शुक्रबार

मप प्रिमियर लिगमा मुलपानी विजयी

सुर्खेcriत, असोज २० । सुर्खेतको वीरेन्द्रनगरमा जारी मध्यपश्चिम प्रिमियर लिग क्रिकेटअन्तर्गत बुधबारको खेलमा मुलपानी क्लब बिजयी भएको छ ।

स्थानीय कालुङचोक मैदानमा भएको खेलमा बालकृष्ण सिहंको ५२ रनको अर्धशतकसँगै मुलपानी क्लबले नेवारे क्लबलाई ४० रनले हराएको छ ।

टस जितेर नेवारेले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुलपानीले निर्धारित २० ओभरमा १ सय ११ रन बनाएको थियो । १ सय १२ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको नेवारे क्लब ७२ रनमै अलआउट भयो ।

प्रतियोगिताको बुधबारको खेलको म्यान अफ दि म्याच मुलपानी क्लबका बालकृष्ण सिंह भए । यस्तै, बुधबार नै हुने भनिएको आयोजक शिवविहार ‘ए’ र ढाडेखाली क्लब बीचको खेल वर्षाका कारण स्थगित भएको छ ।

यि दुई टोली बीचको खेल बिहीबार बिहान हुने आयोजक शिवविहार ‘ए’का कप्तान सुशिल खत्रीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ट्रफिसहित ८ हजार रूपैयाँ पाउँदा उपविजेताले ट्रफिसहित ४ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।युवाहरूलाई लागुऔषधबाट टाढा रहन चेतना जगाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हो ।