२०८१, २० बैशाख बिहीबार

खेलाडी छनौट जारी


घोराही, १९ असोज ।
cropped-cropped-logos-1
दाङ मंसिरका लागि पुर्वाञ्चलमा तय गरिएको सातौँ खेलकुद प्रतियोगीताका लागि दाङबाट खेलाडी छनौट गर्ने कार्यक्रम हिजोदेखि सुरु भएको हो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलाडी छनौट गर्ने कार्यक्रम जारी रहेको समितिले जनाएको छ ।

जिल्लाका लमही, घोराही, नारायणपुर, बेलझुण्डी, तुलसीपुर र श्रीगाउँमा खेलाडी छनौट कार्यक्रम सञ्चालन भइरहेको खेलकुद विकास समिति दाङका कोषाध्यक्ष कैलाश रोका मगरले जानकारी दिनएका छन ।

कोषाध्यक्ष रोका मगरका अनुसार जिल्लाबाट बास्केट बल, भारोत्तोलन, कपडी, ताइकन्दो, कराते, क्रिकेट, फुटबल, भलिबल, चेसलगायत १८ विधाका खेलाडीहरु छनौट गर्ने रोका मगरले बताएका छन ।

जिल्लाबाट छनौट भएका खेलाडीहरुले कार्तिक २० गतेदेखि २६ गतेसम्म क्षेत्रीयस्तरमा छनौट हुनका लागि नेपालगञ्जमा जाने पनि कोषाध्यक्ष रोका मगरले जानकारी दिएका छन ।

क्षेत्रीय तहबाट छनौट भएका खेलाडीहरुले विराटनगरमा हुने सातौ खेलकुद प्रतियोगीतामा सहभागीता रोका मगरले बताएका छन ।