महासचिव गुटेरेसको स्वागतका लागि प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा
बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी पुग्नुभएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उहाँ लुम्बिनी पुग्नुभएको हो ।
एन्टोनियो गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट आउन केही समय ढिला हुने भए पनि प्रधानमन्त्री दाहाल पहिले नै यहाँ पुग्नुभएको हो । पूर्वनिर्धारित समय तालिकाअनुसार बिहान पौने ९ बजे गुटेरेस आउने बताइए पनि बेसक्याम्पमा भएको ढिलाइले केही समय लाग्ने भएको लुम्बिनी विकास कोषले जनाएको छ।
प्रधानमन्त्रीलाई यहाँ विकास कोषका पदाधिकारीलेहरुले स्वागत गरेका थिए।
