२०८१, २ जेष्ठ बुधबार

लम्पी स्किन रोग नियन्त्रण गर्न चौरीलाई खोप

डोल्पा । छार्का ताङसोङ गाउँपालिकाले सबै वडामा लम्पी स्किन रोग नियन्त्रणका लागि खोप लगाएको छ ।

छार्का ताङसोङ गाउँपालिकाको वडा नं १ छार्का भोट, वडा नं २ पुङ्गा र ठिमेर, वडा नं ३ ढाडगाउँ र ढुकोट, वडा नं ५ तेराङ, घेराङ र पिम्री र वडा नं ६ शेरी र मुकोट गरी कुल ४ हाजर ४८९ याक, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्ध खोप लगाएको प्रमुख प्रशासकीय अधिकृत अम्मरराज सेजावालले बताए ।

यही असोजको ५ देखि १५ गतेसम्म गरी १० दिनभित्र सबै वडाका याक, झोपा, चौरी र लुलु गाईलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार