एमाले कर्णाली : सचिवमा रूद्र र धुर्व भिड्दै
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको सचिव पदमा उम्मेदवारी दिएका डण्डी शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि अहिले केहि समयमा मतदान हुँदैछ ।
कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको र सचिवका लागि तीन जनाले उम्मेदवारी दिएका थिए । अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले र सचिवका लागि रुद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको डण्डी शर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले उम्मेदवारी फिर्ता लिएसँगै सचिव पदका लागि रुद्रबहादुर शाही र ध्रुवबहादुर शाही भिड्ने छन् । उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै डण्डी शर्माले सचिव पदको लागि आफ्नो व्यक्तिगत समर्थन रुद्र शाहीलाई रहेको पनि जानकारी दिएका छन् ।