२०८३, १७ असार बुधबार

धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको छ : खड्का

सुर्खेत ।  कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको बताएका छन् ।

बुधबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास बताएका हुन् । ‘उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन ।‌ तर, दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन,’ उनले भने । अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ छ। साथै उनले विकासमा राजनीतिक गर्न नहुने खड्काले बताए ।

कर्णालीका सबै सांसदको एउटै सङ्कल्प हो कर्णालीको विकास र परिवर्तन,उनले भने,तुलनात्मक रूपमा हामी अरू प्रदेश सरह बनाउन हामी सबै लाग्नुपर्छ ।