कर्णालीमा सामुदायिक शिक्षालाई प्राथमिकता दिइने
सुर्खेत : कर्णालीको शिक्षालाई प्रभावकारी भूमिका खेल्ने कर्णाली प्रदेश सरकार तथा सरोकारवाला पक्षले सहमति जनाएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेश स्तरीय छलफल कार्यक्रममा कर्णाली प्रदेश सरकार तथा सरोकारवाला पक्षले कर्णालीमा विद्यालय शिक्षामा सुधार ल्याउने प्रतिबद्धता जनाएका हुन् ।
कर्णालीमा अझैँ पनि सबैको साथमा शिक्षा पुग्न नसकेको त्यसलाई प्रभावकारी ढंगले सबै नागरिकबीचमा विद्यालय शिक्षाको पहुँच बृद्धि गर्ने उनीहरुले बताएका छन् ।
शिक्षालाई कर्णालीको सम्पतीका रुपमा चिन्नसक्न बनाउन प्रदेश सरकारले हाल पहल थालेको दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षाको विकासमा जोड दिएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताए । ‘कर्णालीको शिक्षाले विकासका लागि हामीले नयाँ अवधारणा अगाडी सार्ने लक्ष्य राखेका छौं ।’ उनले भने,‘शिक्षालाई प्रबिधिसँग कसरी जोड्ने यसलाई बिषेश ध्यान दिइने छ ।’
शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार कर्णाली प्रदेश सरकारको बिषेश ध्यान दिने लक्ष्य राखिएको, आर्थिक समानता र सामाजिक न्यायसँग जोडेर शिक्षाको विकास गरिने मुख्यमन्त्री शर्माले बताए । ‘हाम्रो आदतिय शिक्षाको विकास हुन सकेन् । हामी समाज परिवर्तनका लागि लड्यौं ।’ उनले भने,‘तर, सामाजिक शिक्षाको विकास हुन नसक्दा जहिलेपनि हामी चुक्यौं ।’
कर्णालीको भूगोल माटो सुहाउँदो शिक्षा र यहीबाट देश विदेश जोड्ने शिक्षाको विकास गर्नका लागि तिनै तहका सरकारलाई शिक्षाविद् डा.विद्यानाथ कोइरालाले सुझाव दिए । ‘हामीले शिक्षामा राजनीतिक बढी गरेका छौं । स्थानीय शिक्षक नियुक्तिमा नै राजनीतिक गर्छौ ।’ उनले भने,‘यहाँका विद्यार्थीलाई पढाउने व्यहारिक शिक्षण सीप जानकारी दिउँ ।’
विद्यालय तहमा शिक्षकले विद्यार्थीलाई पढाउन खोजे राम्रो पढाए शिक्षा व्यवहारिक हुने र शिक्षक राम्रोसँग नपढाउने र विद्यार्थीले नपढदिनाले शिक्षाको स्तर खस्कन गएको उनले बताए । ‘यहाको शिक्षा राम्रो हुँदाहँुदै पनि शिक्षकले पढाउन नजान्ने र विद्यार्थी पढ्ने रुची दिदैनन् । जसले गर्दा विद्यार्थी नपढेर पास गर्ने परम्परा रहेको छ ।’ उनले भने,‘नेपालको शिक्षा प्रणाली ठीक नहुनुमा राजनीतिक दल मुख्य दोषी रहेका छन् ।’
कर्णालीमा शिक्षाको सुधारका लागि आफुहरुले अहिले बिभिन्न प्रयास गरिएको सामाजिक विकास मन्त्री टेकराज पछाईले बताए । ‘कर्णालीमा शिक्षाको सुधारका बिभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेका छौं ।’ उनले भने,‘त्यसका लागि अहिले गृहकार्य भइरहेको छ ।’
सामाजिक विकास मन्त्रालयका अधिकृत बलविर सुनारले अहिले पनि कर्णाली प्रदेशमा ४.१ प्रतिशत जनसंख्या शिक्षाको पहुँच बाहिर रहेको बताए ।
कर्णालीमा नयाँ शैक्षिक सत्र शुरु भइसक्दा पनि अहिलेसम्म गत वर्षको पाठ्यक्रम नै पढ्न नपाएको कर्णाली प्रदेश सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले बताए ।