२०८१, २ बैशाख आईतवार

सर्पले काँचुली छोडेँ जस्तै छाडिएको माओवादीको शिविर

सुर्खेत : सुर्खेत लेकबेँशी नगरपालिका–४ दशरथपुरका मेघबहादुर रावत (क.रबिन)कुनै बेला माओवादी जनुमक्ति सेनाको प्लाटुन कमाण्डर रहेका थिए । उनको घर नजिकै दशरथपुरको कृषि अनुसन्धान केन्द्रमा हातामा माओवादी जनमुक्ति सेनाको सातौं डिभिजन क्यान्टोन्मेन्ट (शिविर) रहेको थियो । उनी त्यही डिभिजनको जित स्मृती बिग्रेडको ६ नं बटालियनमा रहेर काम गरेका थिए ।
करमेड रबिन २०६३ सालदेखि ०६८ सालसम्म त्यही शिविर(क्यान्टोन्मेन्ट)मा बसेँ । ५ मंसीर २०६३ःसरकार–माओवादीद्वारा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर, लडाकू र हतियार क्यान्टोन्मेन्टमा राख्ने सहमति भएदेखि त्यहाँ बसेका थिए । २८ चैत २०६८ प्रमुख दलहरुबीच जनुमुक्ति सेनाका शिविर हतियार सरकार मातहतमा ल्याउने सहमति भयो । माओवादीका सबै क्यान्टोन्मेन्ट(शिविर)मा नेपाली सेनाले जिम्मा लिने काम भयो । त्यही दिनदेखि छाडेका हुन्, कमरेड रविनले त्यो शिविर ।
पाँच वर्ष बसेर छाडेको शिविरमा उनी त्यो शिविर देख्न पनि चाहँदैनथे । ‘यो शिविर देखेँ भने मेरा सपना भंग भएको मात्र देख्ने भएकाले यहाँ नजिक आउँदा आँसु बग्थ्यो ।’ उनले भने,‘त्यही भएर यो शिविरमा बस्दा सोचेँको सपना पुरा भएनन् । त्यही भएर हेर्न मन पनि लाग्दैन् ।’
उनी माओवादी युद्धमा रहँदा दशरथपुर शिविरमा बसेर देखेका सपना पुरा नभएपछि २०७० सालमा दुःखका सपना पुरा गर्नका लागि मलेसिया बैदेशिक रोजगारीका लागि गएको उनी बताउँछन् । ‘मैले युद्ध गर्र्दा देखेका सुन्दर सपना पुरा भएनन् । शिविरमा बस्दा देखेका सपना पुरा भएन् ।’ उनी भन्छन्,‘ती सपना र समृद्धिको बाटो खोजेर म मलेसिया बैदेशिक रोजगारीमा गए । त्यहाँ झन के सपना पुरा हुन्थ्ये । आफ्नो माटोमा रगत बगाउँदा सपना त पुरा भएनन् ।’
मलेसियामा देखेको सपना पुरा नभएपछि उनी पुनः आफ्नै जन्मभूमीमा फिर्ता भएर । ‘मलेसियामा मेरो सपना पुरा हुन सकेनन् । पाँच वर्ष बसेर नेपालमा आए ।’ उनले भने,‘जहाँ गएपनि आफ्नै जन्मभूमी र माटो चाहीँ प्यारो लाग्ने रहेछ । तर, बाच्नका लागि कर्म गर्नका लागि भौतारिरहनु पर्ने कस्तो जीन्दगी रहेछ ?’ उनले आफुलाई आफैले प्रश्न गरे ।
२८ चैत्र २०६८ सालमा छोडेको शिविरमा जनमुक्ति सेनाका कमाण्डर रावतले २०७९ साल मंसिर ४ गते देखेँ । देख्न र हेर्न पनि नचाहने रावत नजिकै प्रदेशसभा र प्रतिनीधिसभाको निर्वाचनका लागि मतदान भइरहेको थियो । त्यही मतदान गर्न जान लागेका रावतलाई कसैलाई हामीलाई भनिदियो उनी यो शिविरमा बसेको थिए । हाम्रै करबलले उनी बसेको शिविरमा जान मानेँ ।
शिविरमा प्रवेश गर्न लाग्दा शिविर हातामा एउटा सर्पले काँचुली फेरेर आफ्नो छालाको बाहिरी भाग छोडेको थियो । उनको झ्याप्प आँखा सर्पका काँचुलीमा अड्कियो । ‘हेर्नुहोस समय समयमा सर्पले काँचुली फेरेको हुन्छ । शिविरमा बस्ने सबैको यसरी काँचुली फेरिएर कोही संसदमा पुगे । कोही सडकमा, कोही खाडीमा, कोही कालापहाड त कयौ कता हराए ।’ उनले सर्पको काँचुलीतर्फ देखाउँदै भने,‘कयौको जीवन यही शिविरमा बद्लियो । कयौंको सपना यही शिविरमा भंग भयो । कयौंका सपना यही शिविरबाट गायव भए । यो सर्पले काँचुली छाडेँ जस्तै हाम्रा नेता तथा कमाण्डरहरुले हामीलाई छाडेर गए ।’
सर्पले फेरेको काँचुली देखाउँदै गर्दा उनले आफ्नो आँखाको आँसु परेलीमा ढिलपिल पारेँ । उनले आँखाका परेली भिजाउँदै आफुले पाँच वर्ष बसेको घर देखाउँदै भने,‘ऊँ त्यो छाप्रोमा म बसेको हुँ ।’ उनले भने,‘यहाँ आइपुग्यो । त्यो पनि हेरौं ।’
उनी पाँच वर्ष बसेको टिनले छाएको छाप्रो भत्किन लागेको थियो । झ्लाल, ढोका सबै भत्किएका थिए । ढोकामा ठुलो झार उम्रिएको थियो । त्यो झारलाई उनले पन्छाउँदै भित्र पसेँ । ‘म यो घरमा बस्थे । म यहाँको लेखापालको सहयोगीका रुपमा काम गरेको थिए । अहिले ती लेखापालको नाम पनि भुँले ।’ उनले भने,‘तर, यहाँका बसेका साथी कहाँ होलान भनेर रातदिन सोचिरहन्छु ।’
उनले विगगतमा देखेँको सपना पुरा नभएको अहिले सबै तिवरवितर भएको बताए । ‘हामीले बाच्नका लागि अहिले सघर्ष गरिरहेको छौं ।’ उनले भने,‘हामी जनयुद्धमा हुँदा देश बदल्ने सपना सहित सघर्ष गरिरहेका थियौं ।’
उनले छैठो डिजिजनका कमाण्डर रहेका महेन्द्रबहादुर शाही कर्णाली प्रदेशको मुख्यमन्त्री, उर्जामन्त्री अहिले सांसद लडेको उनले सम्झिए । उनीसँगै अन्य कयौं कमाण्डरले स्थानीय तहको प्रमुख सांसद र मन्त्री भएको थाहा पाएको बताए । ‘हाम्रा कमाण्डरहरुले देशको ठुलाठुला नेता हुनुभयो ।’ उनले भने,‘यो सघर्षले कोहीलाई मालामाल र कोहीलाई रसाताल पु¥याउँदो रहेछ ।’
नेता तथा कमाण्डरहरुलाई आफुले चिन्ने गरेको तर, उनीहरुले आफुलाई चिन्न भने भुलेको उनी बताउँछन् । ‘मेरा कमाण्डर तथा नेताहरु दिनदिनै झल्झती सझिन्छु । उहाँहरुको आकृति अहिले राती निद्रामा रहेको बेला सपना आउँछन् ।’ उनले भने,‘तर, उहाँहरुले हामीलाई भुल्नुभयो होला । खै उहाँहरुले सम्झेको त मलाई थाहा छैन् ।’
नेपाली सेनाले जिम्मा लिएको क्यान्टोन्मेन्ट(शिविर) उजाड भएको छ । त्यहाँ अहिले नेपाली सेना पनि छैन् । माओवादीको जनमुक्ति सेना हुनै कुरै भएन् । यान्टोन्मेन्ट(शिविर) बस्नका लागि बनाइएका सबै घरहरु भत्किन लागेका छन् । पुरै खण्डहर र उजाड भएको शिविर देखाउँदै कमरेड रबिनले भने,‘हाम्रो सपना पनि यस्तै उजाड र भत्किएका छन् । जसरी यी हामीले सुन्दर सपना बनाएर बनाएका टहरा भत्किएका छन् ।’