२०८१, २१ भाद्र शुक्रबार

डोल्पा जिल्लामा पाठेघरको नली फुटेकी महिलाको जटिल शल्यक्रिया

सुर्खेत :जिल्ला अस्पताल डोल्पाले पहिलो पटक पाठेघरको नली फुटेकी महिलाको जटिल शल्यक्रिया गरिएको छ । रुकुमको आठबिसकोट नगरपालिका घर भई हाल मजदुरीका लागि डोल्पा जिल्ला बस्दै आएकी २२ बर्षिया कमला विकको सफल शल्यक्रिया गरिएको हो ।
विक पेट दुखेपछि जाँचकालागि जिल्ला अस्पतालमा चेकजाँचको लागि आइपुगेको र उनको जिल्ला अस्पतालमा चेकजाँच गर्दा पाठेघरको नली फुटेर पेटभित्र रगत जमेको पाइएको डा. अखण्ड उपाध्यायले बताए । ‘यस्तो प्रकारको जटिल प्रकारको उपचार गर्नका लागि हाम्रो साधन कमीका बीचमा पनि शल्यक्रिया गरेका छौं ।’ उनले भने,‘ तत्काल शल्यक्रिया नगरेको उहाँको ज्यान जाने सक्थ्यौं ।’
यस्तो प्रकार समस्या लिएर पहिलो पटक जिल्लामा अस्पतालमा आएको र स्वास्थ्यकर्मीहरुको समुहले सफल शल्यक्रिया गरेको डा.उपाध्यायले बताए । ‘प्रायः यस्ता केशहरु सुविधासम्पन्न अस्पतालमा मात्र शल्यक्रिया हुने गरेको छ ।’ उनले भने,‘हामी यहाँको सक्दो भएको साधन स्रोत प्रयोग गरेर सफल शल्यक्रिया गरिएको छ ।’
यो शल्यक्रियामा चिकित्सक डा.शंकर राउत, डा.अखण्ड उपाध्याय, डा. दिवेश, एनेस्थेसियामा डा.दिपेन्द्र डा. सुस्मिता, डा. सिमालगायतका स्वास्थ्यकर्मीको उपस्थिति शल्यक्रिया गरिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।
यस्तो खालको शल्यक्रिया तत्काल नगरे आमाको ज्यान जोखिममा पर्ने सम्भावना बढी हुने डा.उपाध्ययको भनाइ छ । ‘एक्सप्लोरेट्रि ल्याप्सटोमि’ को शल्यक्रिया डोल्पामा पहिलो पटक भएको उनको भनाइ छ । डाक्टर उपाध्ययले भने, ‘पेट खोलेर पाठेघरभन्दा बाहिर पाठेघरको नली फुटेको पत्ता लगाइ, त्यो फुटेको भाग मिलाएर पेटमा जम्मा भएको रगत सफा गर्ने कामलाई एक्सप्लोरेट्रि ल्यापारोटोमी भन्ने गरिन्छ ।’
बिरामीलाई समयमा जिल्ला बाहिर सिफारिस गरेमा पनि तत्काल सुविधा सम्पन्न अस्पतालमा पु¥याउन मुस्किल हुँदै आएको छ । जुफाल विमानस्थलमा जहाज नियमित नआउने भएकाले पनि बिरामीले भनेको समयमा उपचार पाउन पाउँदैनन् । रगतको अभावमा जिल्लास्थित सुरक्षाकर्मीको सहयोगमा रगत दिने काम हुँदै आएको डा.उपाध्यायले जानकारी दिए ।