२०८२, ५ बैशाख शुक्रबार

कर्णालीमा कस्तो छ, दलहरुको अवस्था को–को भए विजयी

सुर्खेत : कर्णालीका बिभिन्न क्षेत्रमा निर्वाचनको मतपरिमाण आउने क्रम जारी रहेको छ । कर्णालीमा प्रतिनीधिसभाका १२ निर्वाचन क्षेत्र र प्रदेशसभाका २४ निर्वाचन क्षेत्रमा रहेका छन् । त्यसमध्ये प्रतिनीधिसभाका नौ वटा निर्वाचन क्षेत्रको मत गणना जारी रहेको छ । मत गणना जारी रहेका नौ वटा क्षेत्रमध्ये सुर्खेत–१ मत परिमाण सार्वजनिक भएको छ ।

मत गणना जारी रहेको आठ वटा निर्वाचन क्षेत्रमध्ये जुम्लामा राप्रपा ज्ञानेन्द्रबहादुर शाही र दैलेख १ मा एमालेका रविन्द्र शर्माले अग्रता लिएका छन् भने अन्य निर्वाचन क्षेत्रमा बामलोकतान्त्रिक गठबबन्धन नै अगाडी रहेको छ ।

सुर्खेत १ मा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, रुकुमपश्चिममा माओवादी केन्द्रमा उपमहासचिव तथा अर्थमन्त्री जर्नादन शर्मा, सल्यानमा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला, जाजरकोटमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र दैलेख–२ मा नेपाली कांग्रेसका दिक्पाल शाहीले अग्रता लिएका छन् ।

मुगुमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका ऐनबहादुर शाहीले अग्रता कायम गरेका छन् । उनको पछिपछि एमालेका राजु कार्कीले पछ्याइरहेका छन् ।

कस्तोे छ  प्रदेशसभासभा मतगणनाको अवस्था

कर्णाली प्रदेशसभा २४ निर्वाचन क्षेत्रमध्ये हालसम्म जाजरकोटका दुवै प्रदेश जुम्लाको प्रदेशसभा ‘ख’ दैलेखको प्रदेशसभा ‘ख’ को निर्वाचन परिमाण सार्वजनिक भएको छ  । कर्णाली प्रदेशसभामा कांग्रेसले जाजरकोटको दुबै प्रदेशसभा, दैलेखको एउटा प्रदेशसभामा विजयी भएको छ भने एमालेले जुम्लाको प्रदेशसभा ‘ख’मा विजयी भएको छ ।  मतगणना जारी रहेको प्रदेशसभामा कालीकोटको प्रदेशसभा ‘क’ रुकुमश्चिम प्रदेशसभा ‘क’ ‘ख’, दैलेखका निर्वाचन क्षेत्र २ ‘ख’ र सुर्खेतको प्रदेशसभा ‘ख’ मा माओवादी केन्द्रका उम्मेदवार अगाडी रहेका छन् भने, सुर्खेत निर्वाचन क्षेत्र २ ‘ख’, दैलेख निर्वाचन क्षेत्र २ ‘क’ निर्वाचन क्षेत्र १ को ‘ख’ कांग्रेसका उम्मेदवार अगाडी रहेको छन् । अन्य प्रदेशसभाको मतगणना अहिलेसम्म पनि भएको छैन् ।

जुम्ला प्रदेशसभा ‘क’ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

प्रतिनीधिसभामा सुर्खेतबाट थानीको ‘ह्याट्रिक’

नेपाली कांग्रेसका नेता हृदयराम थानीले सुर्खेत प्रतिनीधिसभा २ बाट ‘ह्याट्रिक’ पुरा गरेका छन् । २०५१ सालदेखि नै सुर्खेत–२ बाट निर्वाचन लड्दै आएका थानीले यो पटक विजयी भएर ‘ह्याट्रिक’ पुरा गरेका हुन् ।

सुर्खेत–२ का नेपाली थानीको पक्षमा ३४ हजार ६२५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम् प्रतिद्धन्द्धी नेकपा (एमाले)का जिल्ला अध्यक्ष अमृतकुमार विसीलाई १९ हजार ५५८ मत ल्याएका थिए । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीले विसीलाई पाँच हजार ६७ मतान्तरले पराजित गरेका छन् ।

थानीले २०७४ मा नेकपा एमालेसँगको हारको बदला यो पटक थानीले त्यही गठबन्धनको बलमा लिएका छन् । वाम गठबन्धन हुँदा ०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थानीले यो पटक बाम लोेकतान्त्रिक गठबन्धनकै बदलामा विजयी भएका छन् ।

थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए  ।

प्रदेशसभामा को–को भए विजयी

जाजरकोट प्रदेशसभा ‘ख’ मा शाह विजयी

प्रतिनीधिसभामा एउटा र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको जाजरकोट प्रदेशसभा ‘ख’ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह निर्वाचित भएका छन् ।

उनी १६ हजार ४० मतसहित निर्वाचित भएका हुन् । शाहले नेकपा एमालेका खिमबहादुर शाहीलाई ५ हजार ५१० मतान्तरले पछि पार्दै विजयी भएका हुन् । एमाले नेता शाहीले १० हजार ५३० मत पाएका छन् ।

जाजरकोट प्रदेशसभा ‘ख’मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।