२०८०, १८ आश्विन बिहीबार

जाजरकोट (क) मा कांग्रेसका वेदराज सिंह विजयी

सुर्खेत: जाजरकोट प्रदेश सभा (क) मा पनि नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन् । कांग्रेसका जिल्ला सभापति सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजित गरेका हुन् ।
कांग्रेसका सिंहले १८ हजार ५४३ मत पाएका छन् भने एमाले नेता सिंहले ११ हजार ४७० मत पाए । कांग्रेस नेता सिंह ०७४ मा माओवादीका गणेशप्रसाद सिंहसँग पराजित भएका थिए । अहिले उनै सिंहको सहयोगमा उनी विजयी भएका छन् । यो क्षेत्रमा खसेको ३६ हजार ७०६ मत मध्ये गठबन्धनको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारी दिएका समाजवादीका कमान खड्काले ४ हजार ४४६ मत पाए ।
दैलेख–१ ‘क’ कांग्रेसका खत्री विजयी
प्रतिनीधिसभाका दुई प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको दैलेख प्रतिनीधिसभा निर्वाचन क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पूर्णबहादुर चालिसे खत्री विजयी भएका छन् । खत्रीले नौ हजार ४६४ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्धन्द्धी नेकपा (एमाले)का धर्मराज रेग्मीलाई आठ हजार ७२ मत ल्याएका थिए । खत्रीले रेग्मीलाई एक हजार ३९२ मतान्तरले पराजित गरेका हुन् ।
रेग्मी ०७४ मा सोही क्षेत्रबाट माओवादीबाट चुनावका थिए ।
३५ हजार ४९९ मतदाता संख्या रहेको यो निर्वाचन क्षेत्रमा १९ हजार ९९८ मत खसेको थियो ।
जुम्ला (क) मा बागीसँग पराजित भए कांग्रेस प्रदेश सभापति शाही
कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन् । उनीविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्र बहादुर शाही १ हजार ८९९ मतान्तरसहित विजयी भएका छन् ।
जुम्ला प्रदेश (क) मा २४ हजार ७८८ मत खसेको थियो । जसमा स्वतन्त्र उम्मेदवार शाहीले ९ हजार ६५४ मत पाएका छन् भने पराजित शाहीको पक्षमा ७ हजार ७५५ मत आएको छ ।
प्रदेश सभापति शाहीलाई माओवादी र एकीकृत समाजवादीको साथ भएपनि पराजित भएका हुन् । शाहीले ०७४ मा कांग्रेसबाट प्रतिनिधि सभामा चुनाव लडेका थिए । माओवादीका गजेन्द्र महतसँग पराजित भएका उनी कांग्रेसभित्र संस्थापन इत्तर पक्षधर नेता मानिन्छन् ।
कर्णालीमा एमाले खोल्यो खाता
कर्णालीमा प्रदेशसभामा एमालेले खाता खोलेको छ । जुम्ला प्रदेश सभा ‘ख’ मा एमालेका टेकराज पछाई विजयी भएका छन् । एकीकृत समाजवादीका पदम रोकायालाई हराउँदै पछाई विजयी भएका हुन् ।
रोकाया कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री हुन् ।
२० हजार ६ सय १६ मत खसेकोमा एमालेका पछाईको पक्षमा ७ हजार ८१५ मत आएको छ । रोकायाले ६ हजार ७२२ मत प्राप्त गरे । एमालेका पछाईले १ हजार ९३ मतले पराजित गरेका हुन् ।