२०७९, २२ माघ आईतवार

लोकतन्त्रमा निर्वाचन अनिवार्य

लोकतान्त्रिक शासन व्यवस्थाले राजनीतिक आयामको सशक्तीकरणगर्नुका साथै आर्थिक र सामाजिक आयाममा समेत परिवर्तन ल्याउने सामर्थ्य राख्छ भने लोकतान्त्रिक शासन व्यवस्था बलियो बनाउने कडी नैस्वतन्त्र र निष्पक्ष निर्वाचन हो। योलोकतन्त्रको आधारभूत तत्व पनि हो । विश्वका देशहरु आर्थिक विकासको दौडमा रहे सँगै जनतामा राजनिति र निर्वाचन प्रतिको चासो कम भएको पाइन्छ । जसका कारण निर्वाचनमा कम मत खस्नुका साथैलोकतान्त्रिक पद्धतीलेआत्मसाथ गरेकोमर्म बमोजिमको सक्षम जनप्रतिनिधि निर्वाचित हुने नसक्ने हो कि भन्ने आम चिन्ता र चासोको विषय बन्न थालेको छ ।
लोकतन्त्रमा निर्वाचन सत्ता परिवर्तनको सशक्त माध्याम भएकोले निर्वाचनस्वतन्त्र, निष्पक्ष र भयरहित हुन नसकेको गुनासो प्रायः सबैजसो देशहरुमा सुन्ने गरिन्छ ।
सरकारमा रहेको दलले आफ्नो दल वियजी गराउन लागि राज्यका स्रोत साधनहरुको दुरुपयोग गरेर मत परिणाम आफ्नो पक्षमा पार्ने कुचेष्ठामा लाग्न सक्छ । निर्वाचनमा सरकार तटस्थ हुन नसक्नु, उम्मेदवार तथा मतदाताको सुरक्षा गर्न नसक्नु रआवश्यक मात्रामा बजेट उपलव्ध गराउन नसक्नु सरकारसँग सम्वन्धित समस्या हुन् । निर्वाचन सिंगो राज्य व्यवस्था संचालन, परिचालन, विकास र समृद्धि हासिल गराउने माध्यमको रुपमा लिइन्छ यसका लागी सरकारको तटस्थ, सहयोगी र समन्वयकारी भूमिका, निर्वाचन कार्यको सञ्चालन, रेखदेख, समन्वय तथा नियन्त्रण गर्नका लागि राजनीतिक दल लगायत सबै सरोकारवाला निकायहरु विचको ऐक्यवद्धताका साथै आधारभूत निर्वाचन कानूनहरु निर्माण गरी कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।